सोमवार, भदौ २३, २०८२

प्युठान – काठमाण्डाै दिवा यातायात सेवा संचालन

प्युठान । स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालिले प्युठान – काठमाण्डाै दिवा हाईस सेवा संचालनमा ल्याएकाे छ ।

प्युठान भिगृ किमिचाैर देखि काठमाण्डाै सम्मका लागि सेवा संचालनमा ल्यायकाे हाे । साेमबार स्वर्गद्वारी नगरपालिकाका मेयर टेक प्रसाद भण्डारीले दिवा सेवा शुभारम्भ गर्नुभयाे । सेवा सुभारम्भ गर्दै उहाले दिवा सेवाले माडिक्षेत्रका स्थानिय, स्वर्गद्वारी आउने पर्यटक र राेल्पाका कतिपय स्थानका स्थानियलाई समेत यातायात सेवामा सहजता आउने बताउनुभयाे ।

मुस्कान सहितकाे सेवासंगै यात्रुमैत्री सेवा प्रदान गर्न यातायात ब्यवसाईलाई उहाकाे आग्रह थियाे ।

शुभारम्भकाे क्रममा प्रालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले नियमित सेवा संचालनका लागि प्रतिबद्दता ब्यक्त गर्नुभयाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?