सोमवार, भदौ ३०, २०८२

जनप्रतिनिधि र उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानविन गर्न जेनजी प्युठानको माग

प्यूठान । जेनजी समुह प्यूठानले जनप्रतिनिधि, उच्च पदस्थ कर्मचारी, ठेकेदार र उनका आफन्तहरुको सम्पत्ती छानविन गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी समक्ष माग गर्दै १५ दिन भित्र छानविन सुरु भएको लिखित जानकारी गराउँन समुहले माग गरेको छ ।

१५ दिन भित्र छानविन सुरु नभए नयाँ समयसिमा बारे आफूहरुलाई जानकारी सहित छानविन प्रक्रिया अगाडी बढाउँन माग गरिएको समुहका प्रतिनिधि विप्लव विष्टले बताउँनुभयो । उनिहरुले प्यूठानका हालसम्मका मन्त्री, सांसद, स्थानीय तहका प्रमुख तथा उप प्रमुख, वडा अध्यक्ष, उच्च पदस्थ कर्मचारी, ठेक्का व्यवसायमा संलग्नहरुको सम्पत्ती विवरण सार्वजनिक गर्न माग गरेका छन् । स्वतन्त्र, पारदर्शि र विषेशज्ञ सहितको छानविन समिति गठन गरिनु पर्ने उनिहरुको माग छ ।

पदमा बहाली रहदा वैद्य आयश्रोतसंग मेल नखाने गरि अकुत सम्पत्ती बृद्धि गरेको समुहको आरोप छ । जिल्लाका जाँगरुक नागरिक, विद्यार्थी तथा सामाजिक अभियान्ताहरुको प्रतिनिधित्व गर्दै सार्वजनिक माग पत्र पेश गरेको विष्टको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?