सोमवार, भदौ ३०, २०८२

नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाण्डौं । शुशिला कार्कीको मन्त्रीमण्डलमा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । सोमवार शीतल निवासमा मन्त्रीहरुले सपथ लिएका हुन । अर्थमन्त्री रामेश्वर खनाल, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले सपथ लिएका हुन ।

घिसिङलाई उर्जा मन्त्रालय संगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई शपथ गराउँउनु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?