सोमवार, फाल्गुन ११, २०८२

बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा ७४ वर्षका बृद्ध पक्राउ

जुमान सिंह के.सी.

प्युठान । बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा एक बृद्धलाई प्युठान प्रहरीले पक्राउ गरेको छ। गौमुखी गाउँपालिका वडा न. ७ नारिकोटकि १२ वर्षकि बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा गौमुखी गाउँपालिका वडा न. ७ नारिकोटका ७४ बर्षिय थम्मन नेपाली पक्राउ परेका हुन।

शुक्रवार बिधालय पढ्न गएकी बालिका स्कुल छुट्टी भएर घर फर्कने क्रममा बालिकालाई फकाई  जबर्जस्ती करणी गरेको बालिकाले अभिभावकलाई बताएको परिवारले जानकारी गराएका छ्न।

ती बृद्धले वालिकालाई कसै संग भनेमा दुबैजनालाई प्रहरीले पक्राउ गर्छ भन्ने डर देखाएको र नगद समेत दिएको निज बालिकले शनिबार मात्र आफ्नो भाउजुलाई जानकारी गाराएकी थियिन।

आरोपित ब्यक्तिलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी केशव केसीले जानकारी दिनभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal