बिहिबार, अशोज १६, २०८२

अपराध अनुसन्धानमा सफल  छौं : प्यूठान प्रहरी प्रमुख वस्याल

प्यूठान । जिल्लामा घटेका विभिन्न अपराध अनुसन्धानमा प्रहरी सफल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश वस्यालले बताउनु भएकोछ । आफ्नो कार्यकालमा भएका जघन्य अपराध देखि अन्य घटनाहरुको अनुसन्धान र दोषिलाई कारवाहीको दायरामा ल्याउन प्रहरी सफल रहेको उहाँले बताउनुभयो ।

आफ्नो कार्यकालमा भएको प्रगतिबारे सुनाउँदै वस्यालले भन्नुभयो,“विभिन्न अपराधिक घटनाको अनुसन्धान र दोषिलाई कारवाही प्रक्रियामा ल्याउन शतप्रतिसत सफलता पाएकाछौं ।” कार्यसम्पादनमा प्यूठान प्रहरी प्रदेशमै उत्कृष्ट रहेको उहाँले सुनाउँनु भयो।

प्रहरीको तथ्याकं अनुसार गत असोज महिना देखि भदौ मसान्त सम्म कर्तव्य ज्यानका ८, जवरजस्ती करणीका १५, चोरी ५, जनरजस्ती करणी उद्योग ६, साईवर अपराध १ वटा घटना घटेका छन् । सवै घटनाको अनुसन्धान कार्य सम्पन्न गरी प्रतिवादीलाई कानुनी दायरामा ल्याएको प्रमुख वस्यालले जानकारी दिनुभयो ।

यस अवधिमा ८८ वटा आत्महत्या, २ वटा जातिय छुवाछुत तथा भेदभाव, १५ वटा अभद्र व्यवहार, ५ वटा बहुविवाह र १ वटा वालविवाहका घटाना प्रहरी समक्ष पुगेका छन् । १ सय ५६ वटा ठाडो उजुरी परेकोमा सवै मिलापत्र भएको बस्यालले बताउँनुभयो।

अदालतबाट फैसलाभई फरार रहेका ८५ जना प्रतिवादी मध्ये यस अवधिमा ४३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएइएको छ । यसका साथै १४ लाख ५५ हजार ९ सय ७१ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सरुमारानी गाउँपालिकाको दरभानमा भएको शिशु हत्या, माण्डवी गाउँपालिका मर्कावाङमा भएको हत्या, गौमुखी गाउँपालिका खुङमा भएको हत्या जस्ता जघन्य अपराधको सफल अनुसन्धान र घटनामा संलग्न दोषिलाई कारवाही प्रक्रिया अगाडी बढाउन समेत सफल रहेको प्रमुख बस्यालले बताउँनुभयो ।

यस अवधिमा जिल्ला प्रहरी कार्यालय प्यूठान अपराध अनुसन्धानमा उत्कृष्ट जिल्ला भएको उहाँको भनाई छ । वैंकिङ कसुर र साईवर अपराध प्यूठानका लागि नयाँ प्रकृतिका घटना भएको र लागु औषध सम्वन्धी घटनाहरु न्यून रहेको वस्यालले अनुभव सुनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?