
प्यूठान । जेनजी आन्दोलनको क्रममा गोली लागेर घाईते भएका मल्लरानी गाउँपालिका–४ बुढाचौरका सुजल सुनारको केएमसी अस्पतालमा उपचार हुदैछ । कम्मरको बायाँ पट्टी गोली लागेका उनको गोली निकालेर थप उपचार भईरहेको पारिवारीक श्रोतले जनाएको छ ।
केहिदिनयता अस्पतालबाट डिस्चार्ज भयपनि अस्पतालकाे फलाेअपमा रहेकाे घाईते सुनारले बताउनुभयाे । वैदेशिक रोजगारीका शिलशिलामा काठमाण्डौ पुगेको उहाँले टेलिफोन सम्पर्कमा वताउनुभयो । आन्दोलनको क्रममा संसदभवन अगाडी नयाँवानेश्वरमा गोली लागेको उहाँको भनाई छ ।
२१ वर्षिय सुनारको हालसम्म निशुल्क उपचार भएको उहाँको दाई सुजनले जानकारी दिनुभयो ।