
प्यूठान । शुसिला कार्की नेतृत्वको बर्तमान सरकारलाई नेपाली कम्युनिष्ट पार्टीको पूर्ण समर्थन रहेको नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता बामदेब गौतमले बताउँनु भएको छ । पार्टीको एकता सभालाई सम्वोधन गर्न प्यूठान आउनुभएका नेता गौतमले पत्रकारहरु संगको भेटघाट कार्यक्रममा बोल्दै प्रचण्ड र माधव नेपाल संगको छलफलबाट नयाँ सरकार गठन भएको खुलासा गर्नुभयो ।
“नेपाली कम्युनिष्ट पार्टीले बर्तमान सरकारलाई पूर्णरुपमा समर्थन गर्छ”, नेता गौतमले भन्नुभयो । नेकपा एमाले र त्यसको नेतृत्व केपी शर्मा वलीकै कारण जेन्जी आन्दोलन अघि बढेको उहाँको आरोप छ । शान्तीपूर्ण आएको जुलुसमाथी सरकारले दमन गर्दा देशले ठूलो क्षती व्यहोर्नु परेको उहाँको भनाई थियो ।
जेन्जी आन्दोलनले कम्युनिष्ट पार्टीलाई एकठाउँमा ल्याउन मद्यत गरेको बताउँदै उहाँले जेन्जी आन्दोलन नेपाली कम्युनिष्ट पार्टी एकताका लागि सकारात्मक भएको उहाँले बताउँनुभयो ।
आगामी निर्वाचनमा उमेद्वारी रहने वा नरहने भन्ने पत्रकारहरुको प्रश्नमा उमेरका कारण चुनावी मैदानमा आउन आफ्नो रुची नरहेको उहाँले स्पष्ट पार्नु भयो ।











