शुक्रबार, मंसिर २७, २०८२

राष्ट्रिय जनमोर्चा एक्लै चुनावमा जान्छ : महामन्त्री सिंह

प्यूठान । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले आगामी निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा एक्लै चुनावमा जाने बताउनुभएको छ।

उहाँले कसैसंग तालमेल नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ । बिगतमा भएको निर्वाचनमा तालमेल गर्दा ठुलो धोका पाएको भन्दै अबको निर्वाचनमा तालमेल नगर्ने स्पष्ट पार्नुभएको हो ।
प्रगतिशील पत्रकार संघ प्यूठानले जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले एक्लै चुनाव लड्दा पार्टीलाई फाईदा पुग्ने बताउनुभयो । उहाँले त्यसले सिट संख्या र समानुपातिक मत दुवै बढ्ने दावी गर्नुभयो ।

अघिल्लो निर्वाचनमा प्यूठानमा माओवादी र काङ्ग्रेसबाट अन्तरघात भएको आरोप लगाउनुभयो ।”सहमति गरेपछि हामी दृढतापुर्वक कार्यान्वयन गर्छौं, चाहे दुश्मन नै किन नहोस” उहाँले भन्नुभयो, “तर अरु पार्टीले त्यसो गरेनन ।” पार्टीको नवौं महाधिवेशनले चुनावमा तालमेल नगर्ने निति पारित गरेको स्पष्ट पार्नुभयो ।

प्यूठानबाट तपाइँको पार्टीको उम्मेदवार को हो भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भन्नुभयो,”जिल्लाबाट सिफारिस हुन्छ र पार्टीको संसदीय समितिले तत्काल बैठकले टुङ्गो लगाउने बताउनुभयो।
पत्रकार भेटघट कार्यक्रममा महामन्त्री सिंहले देशमा प्रतिगमन कायम भएको बताउदै राजाबादीहरु सलबलाइ रहेको उल्लेख गर्दै भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादक कडारुपमा प्रतिबाद गर्न परेको बताउनुभयो।

नेपालमा बिदेशी चलखेल बढेकोमा चिन्ता व्यक्तगर्दै नेपालका ठुलापार्टीहरु सत्ता र शक्तिको लागि लम्पसार पर्दा देश संकटमा पर्दै गएको बताउनुभयो।
अहिलेको नेपाली कम्युनिस्ट पार्टीको एकताको सन्द्र्भमा निति, बिचार र सिद्धान्त बिपरितको चुनावी गठबन्धन मात्र भएको आरोप लगाउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण खड्का, लुम्बिनी प्रदेशमा सल्लाहकार सुरेस थापा, बासुदेब पोख्रेल, नेकपा मसालका प्युठानका प्रवक्ता राम पहडीक उपस्थिति रहेको थियो।

प्रगतिशील पत्रकार संघ प्यूठानका अध्यक्ष प्रज्वल पहाडीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जुमान सिंह केसीले गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष, पुर्व अध्यक्ष, पत्रकार संगठनका अध्यक्ष, संचारकर्मी लगायतको उपस्थित थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?