
प्युठान फुलवारि सामुदायिक सिकाई केन्द्र प्युठान नगरपालिका खैराको संयोजनमा प्युठान जिल्लाका सामुदायिक सिकाई केन्द्रका सहजकर्ताहरुको जिल्ला स्तरीय अंतरकृया कार्यक्रम पुन्यखोला प्युठानमा सप्पन्न भएको छ।
शनिबार जिल्लामा रहेका २४ वटा सामुदायिक सिकाई केन्द्र मध्य २० वटा सिकाई केन्द्रका सहजकर्ताको सहभागी रहेकोथियो।
शिक्षा तथा समन्वय इकाई प्युठानका लेखाजोखा संयोजक साधाना पण्डित, प्युठान नगरपालिका शिक्षा शाखाका प्रतिमा पौडेलले अन्कृयाया कार्यक्रममा बोल्दै सामुदायिक सिकाई केन्द्रहरुले स्थानीय गाउँसमाजमा महत्त्वपूर्ण भुमिका निर्बाह गरेको भन्दै अझ प्रभावकारी र एकरुपताका साथ कामगर्न आग्रह गर्नुभयो। साथै उहाले यहाँहरुका समस्या र सुझाव सम्बन्धित ठाउँमा पुर्याउने प्रतिबद्धता जनाउनु भएको हो।
सामुदायिक सिकाई केन्द्र संजाल लुम्बिनी प्रदेशका सदस्य तिला बुढाथोकीले शिक्षा तथा मानव स्रोत बिकास केन्द्र अनौपचारिक शिक्षाले हालै रुपन्देहीको भैरहवामा भएको अभिमुखिकरण कार्यक्रममा सहभागी भएर सिकेका अनुभव सहित कार्यक्रमको उदेश्य बारेमा सहभागीलाई जानकारी गराउनु भएको हो।
शिक्षा तथा मानव स्रोत बिकास केन्द्र अनौपचारिक शिक्षा कार्यक्रम अंतरगत सामुदायिक सिकाई केन्द्रहरुको संचालन हुँदै आएको भएपनि सिकाई केन्द्रको सहजीकरण, समन्वयको जिम्मेवारी स्थानीयतहलाई तोकिएको छ।
केन्द्रले सन्चालन गर्नेकमको एकरुपता तथा बिषयबस्तुको सबैमा जानकारी गराउने, प्रगति तथा कामको एकरुपता गराउने, वार्शिक कार्ययोजना निर्माण गरि कामगर्ने, बिधालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन गर्ने, तीन महिनाको बिचमा समस्या तथा सिकाई आदानप्रदान सहितको समिक्षा गर्ने निर्णय गरिएको तिला बुढाथोकीले बताउनुभयो।
सामुदायिक सिकाई केन्द्रहरुले आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानीय समुदायमा बिधालय बाहिर रहेका बालबालिकाको लेखाजोखा तथा प्रतिबेदन पेस गर्ने, संघ संस्था, बिधालय, मन्दिर, क्लबहरुको तथ्यांक संकलन गर्ने, जुनसुकै उमेर समुहका ब्यक्तिको क्षेमता बिकास तथा आयआर्जनका लागि सीप बिकास कार्यक्रम संचालन गर्ने कार्य गर्दै आएका छ्न।
जिल्लामा रहेका सबै स्थानीयतहमा सहजकर्ताको सेवा सुबिधा एकरुपता नभएको, सिकाई केन्द्रप्रति स्थानीय तहको उचित ध्यानपुग्न नसकेको सम्बन्धमा समेत छलफल भएको थियो।











