शनिबार, फाल्गुन २, २०८२

भानुभक्त माध्यमीक विद्यालयको स्वर्णमहोत्सव उद्घाटन

प्यूठान । मल्लरानी गाउँपालिका ३ बर्बोट अवस्थित भानुभक्त माध्यमिक विद्यालयको ५० औं वर्ष प्रवेशको उपलक्ष्यमा आयोजित स्वर्णमहोत्सव उद्घाटन गरिएको छ । लुम्बीनी प्रदेशका सहरी विकास मन्त्री सरोज थापाले स्वर्ण महोत्सवको उद्घाठन गर्नुभएको हो ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री थाापाले जिल्लाको विकासका लागि आफू क्रियाशिल रहदै आएको बताउँनु भयो । जिल्लाको विकासका लागि राजनैतिक दलभन्दा माथी उठ्दै जिल्लाको आवश्यकतालाई केन्द्रित गरि आफू अगाडी बढ्दै आएको उहाँको भनाई थियो । विद्यार्थिको शैक्षिक विकासका लागि अभिभावक र शिक्षक दुवैको भूमिका महत्वपूर्ण हुने उहाँले बताउँनु भयो । विद्यार्थिको क्षमता अनुसार सोही विषयमा प्रोत्साहन गर्नु पर्ने उहाँको भनाई थियो । “सवै विद्यार्थी सवै विधामा दख्खल नहुन सक्छ, विद्यार्थीको क्षमता पहिचान गरि सोही क्षेत्रमा हामीले प्रोत्साहन गर्यौ भने विद्यार्थीले आफ्नो भविष्य निर्माण गर्न सक्छ ।” मन्त्री थापाले भन्नु भयो, “क्षमताको पहिचान गरि सोही अनुसार प्रोत्साहन गर्न जरुरी रहन्छ ।” विद्यालयको विकास र उन्नतिका लागि आफूले सक्दो प्रयास गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक चक्रपाणी पौडेलले विद्यालयको बर्तमान अवस्था तथा भावी योजनाका वारेमा स्पष्ट पार्नुभएको थियो । विद्यालयको शिक्षण शिकाई अभिवृद्धिका लागि प्रविधिमैत्री क्षैशिक प्रणाली, स्कुल वस संचालन, विद्यालयमा सिसिटिभि जडान लगाएत नविनतम कार्यक्रमहरु विस्तार गर्ने योजनामा विद्यालय रहेको बताउँनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवलाल खत्रीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्का, पुर्व जिल्ला विकास समितिका सभापति बोम बहादुर खत्री, विभिन्न पालिकाका प्रतिनिधी  लगाएतका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

स्वर्ण महोत्सवको पहिलो दिन बिधालयलाई योगदान गरेका ब्यक्तिहरुलाई कदर पत्र समेत प्रदान गरिएको छ । पौष २ गते सम्म संचालन हुने स्वर्ण महोत्सव कार्यक्रममा विद्यालयको शैक्षिक विकास सम्वन्धी विविध कार्यक्रमहरु तय गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal