
खलंगा। मल्लरानी गाउँपालिका स्तरिय छैठौ राष्ट्रपति रनिंगशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बिहिबारदेखी सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
प्रतियोगितामा २८ स्वर्ण २८ रजत र २८ कास्य पदकका लागी गाउँपालिकाका ८ वटा बिद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा भुमि बिकास माध्यमिक बिद्यालय मल्लरानी गाउँपालिका ५ ले १० स्वर्ण र ६ रजत पदक सहित ट्रफी आफ्रनो पक्षमा पारेको छ । पहिलो पटक कक्षा १० सञ्चालन गरेको बिद्यालयले सबैभन्दा धेरै स्वर्ण पदक जित्दै गाउँपालिका स्तरिय छैठौ राष्ट्रपति रनिंगशिल्डको सिल्ड हात परेको छ ।
भानुभक्त माध्यमिक बिद्यालय मल्लरानी गाउँपालिका ३ ले ५ स्वर्ण, ५ रजत र १ कास्य पदक सहित कुल ११ पदक जित्दै गाउँपालिकामा दोश्रो भएको छ । ११ पदक जितेको महेन्द्र मावी खलंगा तेस्रो भएको छ । उसले ४ स्वर्ण ५ रजत र २ कास्य पदक जित्यो ।
यस्तै सारदा मावी चौरपानीले ३ स्वर्ण ४ रजत र ३ कास्य पदक जित्दा मल्लरानी बोडिंग स्कुलले २ स्वर्ण र ९ कास्य पदक जित्यो । जनता मावी मल्लरानी गाउँपालिका १ ले पनि ३ स्वर्ण, ३ रजत र ५ कास्य पदक जितेको छ ।
समापन समाराेहमा गाउपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले विजेता टिमलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्त्रण गर्नुभयकाे छ ।
बिहिवार देखि सुरु भयकाे प्रतियाेगिताको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले गर्नु भएको थियो ।











