बिहिबार, माघ १६, २०८२

राष्ट्रिय जनमोर्चाको चुना केन्द्रित कर्याकर्ता भेला, ५सय ५५ सदस्य निर्वाचन परिचालन समिति गाठन

प्युठान राष्ट्रिय जनमोर्चा प्युठानले  जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गरेकाे छ ।  प्युठानको सदरमुकाम खलंगामा सम्पन्न भेलामा जिल्लाका विभिन्न स्थानबाट आएका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

माघ १५ गते जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न भेलामा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री सिंहले देशमा आन्तरिक तथा बाहियशक्तिको ठूलो चलखेल भएको भन्दै सबै आम जनता सचेत हुन आग्रह गर्नुभयो।
नेपालमा अमेरिकी साम्राज्यवादको कठपुतली सरकार बनेको र आगामी चुनाबमा नयाँ भनिने शक्तिको बिजय भएमा देशमा ठूलो संकट आउने दाबी गर्दै उनिहरुलाई पराजित गर्न आवस्यक रहेको बताउनुभयो।

काङ्ग्रेस एमालेका कारण देशमा कुशासन, भ्रस्टाचार र अनियमितता भएको भन्दै अबको बैकल्पिक राजनैतिक शक्ति राष्ट्रिय जनमोर्चा मात्र भएकोले पार्टीका उम्मेद्बारलाई जिताउन सबै कार्यकर्तालाई निर्देशन दिनुभएको थियो।

त्यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण बहादुर खड्का, लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, अखिल छैठौंका अध्यक्ष शुवास जिसी लगायतका नेताहरूले सम्बोधन गर्नु भएको थियो ।

अगुवा कार्यकर्ता भेलामा नेताहरूले वर्तमान राजनीतिक परिस्थिती, राष्ट्रियता, जनताको अधिकार र आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चाको भूमिकाबारे धारणा राख्नुभएको थियो ।

भेलाले ज्ञामुराम न्यौँपानेको संयोजकत्वमा ५ सय ५५ सदस्यीय जिल्ला निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ । गठन गरिएको समितिले आगामी निर्वाचनलाई केन्द्रमा राखी पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा व्यापक जनसम्पर्क अभियान सञ्चालन गर्ने निर्णय भएको राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो।

भेलामा प्युठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पार्टीका नेता तिलक जीसीले आफ्‌नो उम्मेदवारीबारे कार्यकर्ताहरूलाई स्पष्ट पार्दै जनताको पक्षमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले कार्यकर्ताहरूलाई एकताबद्ध भई चुनाव प्रचार प्रसार अभियानमा सक्रिय रूपमा लाग्न आग्रह गर्नु भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal