आइतवार, माघ २६, २०८२

नौबहिनी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको कार्यकर्ता भेला,५१ सदस्य चुनाव प्रचारप्रसार समिति गठन

प्युठान । चुनावि अभियान अन्तरगत राष्ट्रिय जनमोर्चा प्यूठानले नाैबहीनी गाउँपालिकामा पालिका स्तरीय  कार्यकर्ता भेला गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहको विशेष उपस्थितिमा नाैबहिनी गाउँपालिका ६ बहानेमा आइतबार भेला सम्पन्न गरेकाे हाे । भेलालाइ सम्बाेधन गर्दै महामन्त्री सि‌हले देशकाे राष्ट्रियतामाथी गम्भीर प्रकारकाे वैदेशीक हस्तक्षेप बढेकाे बताउँनु भयाे ।

“अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश अप्ठ्यारोमा परेको छ । अमेरिकाको नीति चीनलाई घेर्ने  रहेको छ। अमेरीकालाइ नेपालकाे भूमी प्रयाेग नगरी त्यसका लागी अर्काे बाटाे छैन “, उहाँले भन्नुभयाे, “त्यसैले अमेरीकाले नेपाललाइ युद्ध मैदान गराउने रणनीति अनुसार अघि बढेकाे छ ।”

भेलामा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापाले एमालेका उमेदवार, घन्टिका उमेदवारबाट प्युठान जिल्ला अगाडि बढ्न नसक्ने दाबी गर्दै चाहेर वा नचाहेर राष्ट्रिय जनमोर्चाका उमेदवार तिलक जिसीले जित्न आवस्यक रहेको उल्लेख गर्नुभयो।

राष्ट्र, राष्ट्रियता जोगाउन समग्र प्युठानको बिकास निर्माणका लागि अनुभवी बिकासप्रेमी नेता तिलक जिसीलाई जिताउन सबै कार्यकर्ता सक्रियताका साथ लाग्न आग्रह गर्नुभयाे। उहाँले राष्ट्रिय जनमोर्चाको पक्षमा माहोल बन्दै गएकोले आम जनतालाई गोलबन्द गरेर चुनावको माहोल राष्ट्रिय जनमोर्चाको वरिपरि राख्न आग्रह गर्नुभयो। देशको बैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चा मात्र भएकोले गिलासमा मतदान गर्न गराउन कार्यकर्तालाई आग्रह गर्नुभयो।

नेकपा मसाल प्युठानका प्रवक्ता राम पाहाडीले लगातार जिल्लामा राष्ट्रिय जनमोर्चाले जनताको दुखसुखमा साथ दिदै आम जनताको भावना बुझेर काम गर्दै आएकाे पार्टि राष्ट्रिय जनमोर्चा नै भएकाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक जिसी लाई जिताउन आग्रह गर्नुभयो। “जनतालाई झुक्याइ चुनावमा मिठाकुरा गरेर,  पैसा बाडेर जित्ने कोसिस भैरहेको छ” , उहाँले भन्नुभयाे, “त्यो कुरामा प्युठानी जनता सजग हुनु पर्छ ।”  पार्टीले जितेमा संसदमा जनताको  पक्षमा खबरदारी गर्दै जिल्लाको बिकासमा ध्यानदिने उहाँले बताउनुभयो।

नौबहिनी गाउँपालिकाका विभिन्न वडाबाट प्रतिनिधिमुलक अगुवा कार्यकर्ताहरुको  सहभागिता रहेको थियोे। भेलाले पालिका समितिका अध्यक्ष हर्क बहादुर पुन मगरको  संयोजकत्वमा ४५ सदस्य चुनाब प्रचारप्रसार समिति गाठन गरेको छ। भेलामा राष्ट्रिय जनमोर्चाका नेता बासुदेब पोख्रेल, अखिल नेपाल युवक संघका अध्यक्ष कमल पौडेल लगाएतको उपस्थिति रहेको थियो।

राम प्रसाद भण्डारीको स्वागत मन्तव्य संगै अगाडी बढेको कार्यक्रमको अध्यक्षता पार्टीका पालिका समिति अध्यक्ष हर्क बहादुर पुन मगर र संचालन राजमोका पालिका सचीव हेमन्त भण्डारीले गर्नुभएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal