सोमवार, फाल्गुन ११, २०८२

खलंगा र प्यूठान नगरपालिका क्षेत्रमा राष्ट्रिय जनमोर्चाको उत्साहजनक घरदैलो

प्यूठान । चुनावी अभियान अन्तरगत राष्ट्रिय जनमोर्चा प्यूठानले सोमबार सदरमुकाम खलंगा र प्यूठान नगरपालिकाका विभिन्न क्षेत्रमा घरदैलो अभियान गरेको छ । जनमोर्चाको तर्फवाट प्रतिनिधि सभा उमेद्वार तीलक जि.सी. सहितको टोलीले घरदैलो मार्फत गिलास चिन्हमा मतदानका लागि आग्रह गरेको हो ।

 

 

घरदैलो अभियानमा पुर्व प्रतिनिधि सभा सदस्य दुर्गा पौडेल सहित जिल्लाका नेता कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो । सदरमुकाम खलंगा संगै प्यूठान नगरपालिकाको बजार क्षेत्र बाग्दुला, पुण्यखोला, विजुवार, जुम्री र दाखाक्वाडी क्षेत्रमा घरदैलो अभियान सम्पन्न गरेको राष्ट्रिय जनमोर्चा प्यूठानले जनाएको छ ।


अभियानको क्रममा सहभागीहरुले गिलास चिन्हमा मतदानका लागी आग्रह गर्नुका साथै तिलक जिसीलाई विजयी गराउँ भन्ने गितमा चोकचोकमा विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal