
प्यूठान । चुनाब बहिष्कारमा रहेको क्रान्तीकारी कम्युनिष्ट पार्टी प्यूठानका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन बहिष्कारको पर्चा वितरण गरि रहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन ।
पार्टीका जिल्ला इन्चार्ज टिकाराम पौडेल र जिल्ला सचिव बिर बहादुर पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिनुभयो । बुधवार पौडेल र पुनलाई प्रहरीले पक्राउ गरेको हो ।











