
प्युठान गौमुखी गाउँपालिकाको आयोजना तथा लमही आखा अस्पताल दाङको आर्थिक तथा प्राविधिक सहयोगमा आँखा सम्बन्धी समस्या भएका व्यक्तिहरूको लागि निःशुल्क आँखा जांच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न गरिएको छ।
गौमुखी गाउँपालिकाको केन्द्रबिन्दुमा रहेको पुजा स्वास्थ्य चौकीमा शिविर सम्पन्न गरिएको हो।
गौमुखी गाउँपालिकाको आर्थिक वर्ष ०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आँखा सम्बन्धी शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष महावीर रानामगरले बताउनुभयो। “उहाँले भन्नुभयो दुर्गम तथा आर्थिक अभाव भएका विपन्न नागरिकको स्वास्थ्य सेवालाई सुलभ, पहुँच र गुणस्तरीय सेवा प्रदान गर्न, अन्धोपन हटाउन, दृस्टी सम्बन्धि अपाङ्गतालाई न्यूनीकरण गर्न,लागि शिविर संचालन गरि सेवा दिएको भनाइ “।
गाउँपालिकाले चैत्र १५ गतेदेखि गाउँपालिकाका सबै वडामा पुगेर आखाको दृष्टिपरिक्षण,उपचार र मोतियाबिन्दुको स्कृनिङ जम्मा ६ सय ६ जनाको परिक्षण गरिएको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम अर्यालले बताउनुभयो।
मोतियाबिन्दु भएका शल्यक्रिया गर्न आवस्यक देखिएका नागरिकहरुलाइ यही चैत्र २१ गते पूजा स्वास्थ्य चौकिमा
शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनुभयो। शिविरबाट महिला पुरुष गरी ३६ जनाको सल्यक्रिया गरिएको जैसीले बताउनुभयो।
लमही आँखा अस्पतालका प्रमुख नेत्र विशेषज्ञ प्राध्यापक डाक्टर प्रदिप बास्तोला सहितको बिशेषज्ञ टिमबाट मोतियाबिन्दुको निशुल्क शल्यक्रिया भएको गौमुखी गाउँपालिकाले जनाएको छ।
शल्यक्रिया भएका सबैजनाको स्वास्थ्य अवस्था सामन्य रहेकोले २२ गते सबैलाई डिस्चार्ज गरिएको हो।











