शनिबार, साउन १२, २०८१

मच्छि र गौमुखी क्षेत्रले विकासमा कोल्टे फेर्दै

 

झिमरुक समाचार

भरतमणि न्यौपाने
राष्ट्रिय जनमोर्चा की प्रदेश सांसद माननीय तारा जिसीको पहलमा प्यूठानका अत्यन्त पिछडिएका क्षेत्र गौमुखी र झिमरुकमा गत आर्थिक बर्षमा प्रदेशबाट व्यापक रुपमा योजनाहरु समावेश गर्न सफल हुनुभएको थियो । पिछडिएको यो क्षेत्रबाट प्रतिनिधित्व नै नाम मात्रको हुने गरेको पाईन्छ।अहिले प्रतिनिधि सभामा माननीय दुर्गा पौडेल प्रदेशमा तारा जिसीको जोडी यही वेल्टबाट पहुँचमा पुग्नु यो वेल्टका जनताका लागी वरदान सावित भएको छ। सधै राज्यबाट उपेक्षित यो क्षेत्रमा विकासको आधिवेरी नै आएकोछ।दर्जनौं योजनाहरु क्रमागत रुपमा चलिरहेका,केहि सम्पन्न भैसकेकाछन् । यो आर्थिक बर्षमा प्रदेशमा के के योजना पेश भए र कति कति बजेट विनियोजन भयो,सवैको चासो र प्रतिक्षा रहेकोछ।
के थिए गत सालका योजनाहरु?
१.ढाड–सेउलीघारी पुल यो क्षेत्रको जीवन रेखा मानिने यो सडक पुल प्रदेशमा अक्तियारी आएपछि माननीय तारा जिसीले सवैभन्दा बढी जोर लगाएको सडकपुल हो।सडक,सदन र मन्त्री निवास सम्म महत्व दिएको यो पुल सम्पन्न भएकोछ।
२. मा० जिसीको पहलमा परेको अर्को योजना हो,ठूलावेशी–पूजा झोलूङे पूलको कार्य सम्पन्न भएको छ। बजार,स्कुलको लागी पूजावासी जनताको एकमात्र बजार ठूलावेशी आउन जान लिवांसे भएर आवत जावत गर्न नपर्ने भएपछि त्यहाँका जनता अन्यन्त हर्सितछन् ।
३.नेतृ जिसीको पहलमा परेको र निर्माणको अन्तिम चरणमा रहेको ठूलावेशी–पूजा सडक पूल चालु भए यो क्षेत्रको विकासमा कोशेढुंङ्गा सावित हुनेछ ।
मा०जिसीको पहलमा गत वर्ष परेका योजनाहरु जस्मा क्रमागत रुपमा काम चलिरहेकाछन्।
४.काउले रातामाटा सिंचाई आयोजना ४०लाख।
५.कढेनी थापचौर नाथेविसुना सिंचाई आयोजना ४०लाख।
६.वालुवा खोला सडक पुल १ करोड ६०लाख ।
७.फुलवारी रातामाटा झोलूङे पूल ९लाख ७० हजार ।
८.पातीहाल्ना कुमालधारा सुख्खा खोला सडक ५० लाख ।
९.रातटारी ढाँड सिमपानी सडक साँसद विकास कोष ३५ लाख।
१०. मच्छि सौतामारे सडक क्रमागत २०लाख ७० हजार ।भिम गिठे सडक ५० लाख ,
११.कुटिचौर हिडडाँडा देहाल्ना सडक क्रमागत।
१२.तुषारा कोट सिढीं तथा वाउण्डरी २५ लाख ।
१२.देहाल्नामा एक जिल्ला एक श्रोतकेन्द्र अन्तर्गत विउ विजन उत्पादन श्रोत केन्द्र २५ लाख। यो योजनामा एक पल्टमात्र अनुगमन भएको काम सुरु नभएकोले यो वर्ष पुन क्रमागत गर्नुपर्ने जग्गा मान पहिले नै वोलकवोल भएको कारण काम मा बाधा भएको मन्त्रालयको गुनासो रहेकोछ।यो क्षेत्रको विकास र रोजगारीको लागी अति महत्वपूर्ण यो योजनामा माननीय तारा जिसीले सामुदायीक जग्गामा भएको समस्या हल गर्न आफै पनि पहल गर्ने,योजना आगामी आ.व.मा निरन्तरता दिन मन्त्रालयमा नै पुगेर छलफल गरेको बुझिएकोछ।
यो बाहेक गौमुखी क्षेत्रको एउटा सडक र झिमरुकको एउटा सडक नयाँ थप गरेको बुझिएकोछ। पुराना योजनाहरु सबै क्रमागत रहिरहनेछन्। यो क्षेत्रमा कार्य चलिरहेका खानेपानी,सिंचाई र पर्यटनका कार्य सम्पन्न नहुदा सम्म क्रमागत चलिरहनेछन्।
कहिल्यै यती धेरै राज्यबाट विकास योजनाहरुले सम्वोधन नपाएको यो पिछडिएको क्षेत्रले यो वर्ष आफुले पठाएका योजनाहरु कति सम्वोधन भए भनेर चासोका साथ नियाली रहेकाछन्। आज जेष्ठ २९ गते प्रदेश सभामा सरकारको नीति कार्यक्रमा चर्को बहस भै रहेकोछ। असार १ गते प्रदेश सरकारको बजेट र कार्यक्रम पेश हुदैछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal