शनिबार, साउन १२, २०८१

अखिल नेपाल युबक संघ घोराही नगर समितिले घोराहीमा अटो तथा मोटरसाइकल-याली सम्पन्न गरेको छ

दाङ गणेश आचार्य
राष्ट्रघाती एमसिसी सम्झौता र भ्रष्टाचारका विरुद्धमा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ घोराही नगर समितिले घोराहीमा अटो तथा मोटरसाइकल-याली सम्पन्न गरेको छ । घोराहीको ट्राफिक चोक बाट सुरु भएको -याली गुजुरी बजार, नया बजार, आर्मी ब्यारेक , लखनपार्क, दामोदर चोक, तुलसीपुर चोक, नापी साखा चोक, जिल्ला प्रसासन तथा मालपोत चोक, नगरपालिका अदालत रोड हुँदै सहिदगेट पुगेर कोणसभामा परिणत भएको थियोे ।
उक्त सभालाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले एमसिसी सम्झौता कार्यान्वयनमा आए देशको राष्ट्रियता असङलङ्न प्ररास्ट्रनीति सबै धोस्त हुने । भ्रष्टाचार लाई मात्रै रोक्न सके र हाम्रा प्राकृतिक श्रोत साधनलाइ ठिक शीत प्रयोग गरेमा एमसिसिको ५५ अरब होइन हजारौं ५५ अरब हाम्रै देशमा भएको कुरामा जोड गर्नु भयो । कार्यक्रममा अखिल नेपाल युबक संघका केन्द्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष चित्र एमसी ले सबै खाले राष्ट्रघात, भ्रष्टाचार र अनियमितता का विरुद्ध अखिल नेपाल युबक संघ खबरदारी गर्दै आएको कुरा बताउनु भयो । उक्त कार्यक्रमको सहजीकरण अखिल छैठौं कि केन्द्रिय सद्स्य खग्रेन्द्रा बिस्ट ले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal