शनिबार, साउन १२, २०८१

कविता>बाबाआमा को पुकार

 

कमला बगाले रैना देवी छहरा ६ जुठापौवा

जन्मेको ठाउँ नभुल ए युवाहरु विदेशमाग गएर ।
विदेशमा दशहण्डर खाई गुलामी भएर ।।
स-साना बालबच्चा जहान छोडि घरमा ।
सुख हुदैन कहिल युवाहरु विदेशको भरमा ।।

आफ्नै देशमा जन्मेउ हुर्केयौं ठुलो भयौं ।
अहिले आफ्नो देशलाई छोडि विदेशमा गयौं ।।
विदेशमा गएर गल्ली गल्ली काम खोजेउ कति ।
त्यो तातो घाममा काम गर्दा दुःख पायौं कति ।।

बरु एकछाक खाएर बस अब आफ्नै देशमा ।
त्यो तातो घाममा काम गर्न नजाउ अब विदेशमा ।।
रुदै रुदै जान्छौ तिमी झोला बोकि विदेशमा ।
फर्क अब भन्दैछन् बाबाआमा आफ्नै देशमा ।।

हुदैन विदेश बसी फर्की आउ आफ्नै देशमा ।
सुख दुःख संगै गरेर खाउला नजाउँ अब विदेशमा ।।
विदेशमा गएर रगत पसिना नबगाउँ भयो अबत ।
आफ्नो देशको गिटी बालुवा बेचिसक्यो उठ युवा जगत ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal