मङ्लबार, बैशाख ४, २०८१

राजमो सांसद खिमविक्रम शाही प्रदेश मामिला समितिको सभापतिमा चयन

समितिमा सत्तापक्षीय गठबन्धनका सात र एमालेका छ जना छन् । गठबन्धन दलको बहुमत रहेकाले सांसद शाही समिति सभापति बन्ने पक्का थियो ।

सार्वजनिक लेखा समितिको सदस्य रहेका शाहीलाई सभापति बनाउनकै लागि प्रदेश मामिला समितिमा ल्याइएको थियो । सभापति चयन भएका शाहीले मंगलबार सभामुख नेत्रनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि उक्त समिति सभापतिमा जनमोर्चाकै सांसद कृष्ण थापा थिए । मुख्यमन्त्रीलाई गत ४ असारमा विश्वासको मत नदिएपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?