शनिबार, साउन १२, २०८१

राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान छ- अध्यक्ष केसी

 

खिमराज चालिसे नई दिल्ली

 

राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताउनु भएको छ । अध्यक्ष केसीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा सम्पन्न “भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एंव अन्य समस्या बारे” वृहद अन्तक्र्रियात्मक कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै भन्नु भएको हो ।

“मूल प्रवाह एकता समाजका कार्यक्रताहरुको देशको विधायिकामा समेत उपस्थित रहेका छन्, यो संगठनमा लागेर चेतनाको विकास गरेर पाएको उपलब्थी हो ।” केसीले भन्नु भयो– “पार्टीको कार्यनीति बारे स्पष्ट पार्दै उहिलेको कार्यनीति यहि वुर्जुआ लोकतन्त्रको रक्षा र गणतन्त्रको संस्थागत विकास नै हो तर कतिपयले गलत र भ्रम फैलाएर दुश्मनले गर्ने कामलाई सहयोग गरेका छन ।” वहाले अगाडि प्रश्न गर्नुभयो पार्टीलाई बदनाम गर्ने, पार्टीको नियम नमान्ने सम्पती कब्जा गर्नेहरुलाई पार्टीले कार्यवाही गर्दा उनीहरुलाई त्यो अन्याए हुने कस्तो राजनीति हो ? अध्यक्ष केसीले भन्नु भयो । वहाँले थप्नु भयो संघीयता तथा एमसिसी विरुद्धको आन्दोलन लगायत राष्ट्रियता मताधिकारको विषयमा प्रवासी नेपालीहरुको अधिकारको महत्वपूर्ण कुरा उठाउने मूल प्रवाह पार्टीको लागि कार्यकर्ता उत्पादन केन्द्र भएको र यहाँबाट नेता कार्यक्रता बनाएर देशमा पठाउने जिम्वेदारी पनि मूल प्रवाहले गरिरहेको बताउनु भयो ।

राजमो प्रवक्ता तथा उपाध्यक्ष एंव प्रतिनिधी सभा सदस्य दुर्गा पौडयालले विदेशबाट कमाएर ल्याएको रेमिटेन्सले पालिएको सरकारले प्रवासी नेपालीहरुलाई अधिकारबाट बञ्चित गर्नु विडम्बना र अन्यान्यपुर्ण कुरा भएको बताउनु भयो । मताधिकारको विषयमा सडक र सदनबाटै राजमोले आन्दोलन गरेर समेत सहयोग गरिरहने पौडेलले थप्नु भयो।

राजमोका केन्द्रीय यूवा नेता आनन्द शर्माले मूल प्रवाहको गौरवमय इतिहासलाई धमिलाउन खोज्नेहरुप्रति तिखो प्रहार गर्दै क्रान्तीकारी आन्दोलन विभिन्न प्रकारका भडकाव विरुद्ध सैद्धान्तिक, वैचारिक र संगठानिक संघर्ष गर्दै अगाडि बढछ र क्रान्ति र परिवर्तनको बाटोमा आउने सबै प्रकारका भ्रम र अफवाहहरु चिर्दै आन्दोलन अझै शशक्त तथा दृढतापूर्वक अगाडि बढन सबै कार्यकर्ताहरु एकढिक्का भयर गर्विलो पाइलाहरु बढाइरहेको तर्क दिनुभएको थियो ।

सो भर्चुअल सभामा बोल्ने वक्ताहरुमा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापा, पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष विक्रम सिंह राना, सुदुरपिश्चमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, उपाध्यक्ष कुल बहादुर बगाले, मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेलबहादुर रजाली, मध्य पश्चिम क्षेत्रीय अध्यक्ष खुमबहादुर पुन, पूर्वी भारत क्षेत्रीय अध्यक्ष हरि प्रसाद शर्मा, हिमाञ्चल राज्य समितिका सचिव भुवन केसी, मध्य भारत क्षेत्रीय समितिका अध्यक्ष नारायण सापकोटा, उत्तराखण्ड राज्य समितिका टेक प्रसाद कडेल लगाएत हुनुहुन्थ्यो ।

महासचिव ठाकुर खनालको सञ्चालनमा र अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षताबाट अगाडि बढेको उक्त कार्यक्रममा अतिथी आशन ग्रहणपछी ज्ञात अज्ञात शहिदहरुप्रति एकमिनट मौनधारण उपाध्यक्ष प्रेम पौडेलले तथा रक्तिम कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य धनबीर पुनले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय समितिको तर्फबाट उपाध्यक्ष कपिल खनालले धन्यवाद मन्तव्य दिनुभएको हो । कार्यक्रमको बिचबिचमा रक्तीम कलाकारहरुद्धारा क्रान्तिकारी गितहरु प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal