शनिबार, साउन १२, २०८१

ताप्लेजुङमा भएको आगोलागिले कम्तिमा ५५ घर जले

मङ्लबार, फाल्गुन १८, २०७७

ताप्लेजुङको दोभान बजार आगलागीमा कम्तिमा ५५ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले सेतोपाटीलाई दिएको जानकारी अनुसार अहिलेसम्म ५५ घर नष्ट भएको तथ्यांक आएको छ।

‘अहिलेसम्म ५५ वटा घर पूरै जलेको डाटा आएको छ’, उनले भनिन्,‘यो संख्या थोरै तलमाथि हुनसक्छ।’

उनका अनुसार बजार क्षेत्र भएका कारण कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरू तथा भण्डारण गरिएका अलैंची जस्ता कृषि उत्पादन जलेर नष्ट भएका छन्।

आगो पूरै नियन्त्रणमा आइनसके पनि थप फैलिन चाहिँ रोकिएको सहायक प्रजिअले जानकारी दिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal