शनिबार, साउन १२, २०८१

मूलप्रवाह हिसार महिला विभागको तिजी कार्यक्रम सम्पन्न।

 

खिमराज चालिसे चंडिगढ।
३१ अगस्त २०२१

मूलप्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा संचालित हिसार महिला नगर विभाग को आयोजनामा नेपाली महिलाहरुको पर्व “तिज” प्रगतिशील गित नृत्य सहित भव्यरुपमा सम्पन्न भएको छ।

कार्यक्रमलाइ शुभकामना दिदै मूलप्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमारेले प्रगतिशील तिजी गितको महत्व, महिला आन्दोलन तथा विभिन्न पर्वहरुलाइ प्रगतिशील रुपान्तरण कसरी गर्ने लगाएतका विषयमा स्पष्ट पार्नु भएको थियो। मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय सदस्य आत्माराम न्यौपाने, महिला क्षेत्रिय विभागकी सेती राना र नगर अध्यक्ष नन्द बहादुर लम्तरीले पनि अतीथी आशन ग्रहण गर्नुभएको थियो।

कार्यक्रम निरु सारुको अध्यक्षतामा तथा सिता शर्माको संचालनमा सम्पन्न भएको थियो भने उपस्थित सबैलाइ डोलमाया विकले स्वागत गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal