शनिबार, साउन १२, २०८१

एमसिसी बिरूद्दकाे सभा भाेली राजमार्ग चाैराहमा

बुटवल भाद्र २४ गते ।
राजमाे सहित रूपन्देहीमा क्रियाशील संयुक्त संघर्ष समितिले दैनिक संघर्षका कार्यक्रमहरू संचालन गरिरहेकाेछ। यसै शिलशिलामा आज एमसिसी बिरूद्द देविनगर चाैपारीमा काेण सभा सम्पन्न गरेकाेछ। एमसिसी बिरूद्दकाे काेणसभामा राजमाे काे तर्फबाट बाेल्दै जिल्ला सचिव का०टान बहादुर केसीले एमसिसी नेपालकाे राष्ट्रिय स्वाधीनता बिरूद्दकाे परियाेजना रहेको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने बताउनुभयो। एमसिसी मुख्यत चीनलाई घेर्ने उदेश्यका साथ नेपाल प्रवेश गर्नु दुर्भाग्यपूर्ण रहेको भन्दै यसबाट हाम्रो देश विदेशी शक्ति राष्ट्रकाे क्रिडास्थल बन्नेछ।अतः यसलाई खारेजी गर्न सबै देशभक्त नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आन्दाेलनमा सहभागी हुन आब्हान गर्नुभयो ।
संयुक्त कार्यक्रममा नेकपा(क्रान्तिकारी माओवादी)का का०भुपेन्द्र न्याैपाने,नेकपाका का०बिरेन्द्र विक,राष्ट्रिय जागरण परिषदका चित्र बहादुर थापा,नागरिक समाजका पदम कार्कीले पनि काेण सभालाई सम्बाेधन गर्नुभएको थियोे।
बक्ताहरूले एमसिसी इण्डाे-प्यासेफिक रणनीतिको अंग भएको तथ्यहरू राख्दै अमेरिकी सरकारले सम्झौताका बूंदाहरू शंशाेधन गर्न नसकिने भनाइ सार्वजनिक गरिसकेपछि पनि पास गरेरै जाने लेण्डुप प्रवृत्ति प्रवल रहेकोले आन्दाेलनकाे आधीबेरीले मात्र सम्झौता खारेज हुने बताउदै आमजनतालाई कार्यक्रममा सहभाग हुन सचेत गराउनुभयाे।
कार्यक्रमकाे सहजीकरण देजमाेका राजु भूजेलले गर्नुभएकाे थियाे।
बिराेध कार्यक्रमलाई निरन्तरता दिदै भाद्र २५ गते राजमार्ग चाैराह बुटवलमा व्यापक तैयारी सहित राष्ट्रघाती एमसिसी बिरूद्द सभा गर्ने संयुक्त संघर्ष समितिले जनाएको छ।बिराेध कार्यक्रमलाई सफलपार्न राष्ट्रप्रेमी जनसमुदायलाई सहभागीताकाे लागि समेत अनुराेध गर्दछ।
धन्यवाद ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal