शनिबार, बैशाख ८, २०८१

१०४ वर्षका कमरेड खगुलाल गुरुङकाे श्रद्धाञ्जली सभा सम्पन्न

 

रिपोर्टर :- जनक बिसि दक्षिण भारत काेचिनबाट

मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिकाे आयाेजनामा १०४ वर्षका संगठनका याेद्दा कमरेड खगुलाल गुरुङकाे देहान्तमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नगर सचिव जनक बिसि द्वारा सन्चालन गर्नु भएको कार्यक्रमकाे अध्यक्षता उपाध्यक्ष बावुराम केसीले गर्नु भएको थियाे भने स्वागत मन्तब्य काेषाध्यक्ष गणेश शर्मा पाैडयाल द्वारा स्वागत मन्त्ब्यपछि संगठनका वरिष्ठ सदस्य रिखेन्द्र बिसिले स्वर्गिय कमरेड खगुलाल गुरुङकाे जिवनि कम्युनिस्ट आन्दोलनमा उहाँले दिनु भएको याेगदान र जालि फँटाह शाेषक साँमन्त सम्पुर्ण खाँले प्रतिक्रियावादि साम्राज्यवादिहरुलाई इतिहासकाे हरेक लडाइँमा घुडा टेकाउन उहाँको इतिहासमै गरिमामय याेगदान रहेको छ र उहाँले हाम्राे संगठन र पार्टीलाई जुन याेगदान दिएर जानू भयाे इतिहासमा उहाँ सधै राताे अक्षरले हामीले लेखिरहने याेद्दा बन्नु भएको छ भन्नू भयो ।
अन्य बाेल्ने बक्ताहरुमा मुल प्रबाह अखिल भारत नेपाली एकता समाज वरिष्ठ नगर सदस्य तारानाथ शर्मा, महिला क्षेत्रिय समिति विभागबाट जानकि देबि बि सि महिला नगर अध्यक्ष सरस्वति शर्मा, भक्तराम श्रेष्ठ, महिला नगर उपाध्यक्ष साबित्रा घर्ती मगर, सचिव चन्द्रिका घर्ती मगर नगर सदस्य मेघराज बिसि आसाराम घर्ती मगर जगत साँरु मगर र अन्य यरियाबाट गाेबिन्द नेपाली , टेक बहादुर नेपाली र रघु बिस्ट बाेल्नु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?