शनिबार, साउन १२, २०८१

के दैलेखको राजमो एमालेमा बिलय भएकै होत?

 

बिन बहादुर रेग्मी प्युठानि

दैलेख राजमो पुरै एमालेमा बिलय भएको समाचार सार्वजनिक भएको छ, पुरै हो कि थोरै हो छानबिन हुनेछ र सबै कुरा बाहिर आउनेछ। जे होस् एमाले आफ्नो मिसनमा केही हद सम्म सफल भएको छ। विगत को इतिहासलाई हेर्ने हो भने एमाले कांग्रेस को इतिहास राजमो नेता कार्यकर्ता माथि पर्ने गरेको छ , गगन थापा ज्यू ले तपाईं सँग भेटन मन गर्नु भएको छ भन्ने संदेश म स्वयंलाई आएको थियो। भेटन मन गर्नु, नराम्रो कुरा होइन। हामी राजनैतिक सैदान्तिक रूपमा कुन रूपमा तयार भएका छौं त्यो प्रमुख कुरा हो। के हामी कांग्रेसमा जानलाई कम्युनिष्टको राजनीति मा लागेका हौं र? के हामी एमाले माओवादीमा जानलाई मसालमा क्रियाशील भएका छौं र? कुनै दल पार्टीमा जानलाई अवस्य पनि होइन । हाम्रो मिशन त यो समाजमा भएको जातिय विभेद, लिङ्गीय विभेद, बर्गविभेद को अन्त्य गर्न , सर्वहारा वर्गको अधिनायकत्व को राज्य स्थापना गर्न ज्यानको बाजी लगाएर टाउकामा कफन बाँधेर संघर्षको मैदानमा उत्रिएका छौं। कांग्रेस एमाले एमाओवादी राप्रपा यिनीहरू त यही सडेगलेको मरणासन्न अवस्थामा पुगेको विश्व साम्राज्यबादी पुजीवादी संसदीय गन्दा नालीमा रमाउने किरा हुन, हामी कसरी जान सक्छौं र?

दैलेखको हिजोको घटना राजमोको इतिहासमा यो पहिलाे पनि होइन र अन्तिम पनि होइन। हिजोका दिनमा यस्ता समाचारहरु बग्रेल्ती आएका थिए। यसलाई हामीले अनौठो मान्दैनौं। हामीलाई थाहा छ, तिनीहरू निहित स्वार्थ पूरा गर्न, अथवा आफ्नो भाऊ बढाउन राजमोको झण्डा मुनी बसेका हरियो घाँसमा लुकेका हर्रोकाना सर्प थिए। यति कुरा त स्पष्ट भयो कि कथित जागरण वालाले रोकेर राखेका कथित क्रान्तिकारीहरु पण्डितलाई दानमा दिएको गाई जस्ता भइसके। कोही एमालेमा बिलय भए भने कोही माओवादीमा विलय हुनलाई दिन ग्रहदसा कुण्डली हेर्दैछन्। जागरण वाला ले जति क्रान्तिकारी गफ गरे पनि तिनीहरूको रोजाइ र खोजाई अरु पार्टीमा विलय हुनलाई आफ्नो भाउ बढाउने सम्म मात्रै सीमित छ। यसको अर्थ दैलेखमा सबै जिल्ला समिति पुरै एमाले भयो राजमो दैलेखमा सक्कियो भन्ने होइन , त्यहाँ झन अब घनीभूत रूपमा त्यागी र समर्पित नेता कार्यकर्ता को नयाँ टीम सामने आउँछ र यि गद्दारहरुको भण्डाफोर गर्नेछ। भ्रमबस गएका इमान्दार नेता कार्यकर्ता वापस आउनेछन्। तिनीहरूको खुशी क्रान्तिकारी कम्युनिस्ट पार्टीको अगाडि तुसारापात सावित हुनेछ। बाँकी कुरा आउने समयले बताउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal