शनिबार, साउन १२, २०८१

प्युठान जिल्लाको ठुलाबेसिमा अहिले सम्मकै ठूलो राशीको भलिबल प्रतियोगिता हुँदै

 

प्रकाश न्यौपाने, कला सस्कृतिमा हामी सबैको एकता , स्वास्थ्यका लागि खेलकुद हाम्रो निरन्तरता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लामा अहिले सम्मकै ठूलो राशिमा भलिबल प्रतियोगिता हुने भएको छ।

युवा तथा स्थानीय बजार बासिको सहकार्यमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ०५ खुङ ठुलाबेसिमा भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो।
नजिकिदै गरेको बिजयदशमीको अबसर पारि असोज २२,२३ र २४ गते ०३ दिने कार्यक्रम हुने भएको हो। आफ्नो जिल्ला बासी मात्र नभई जुन सुकै ठाउँबाट सहभागी बन्न सक्ने कार्यक्रम संयोजक रबि चन्दले बताउनु भएको छ। चन्द भन्नू हुन्छ जिल्लामा अहिले सम्म यति ठूलो रासिमा कार्यक्रम भएको थिएन यो पहिलो पटक हो।

 

भलिबल तर्फ पहिलो पुरस्कार एक लाख एक हजार ,दोस्रो छैसठ्ठी हजार र तेस्रो पुरस्कार चालिस हजार रहेको छ । तेस्तै अन्य प्रतियोगिता हरुमा स्लो मोटरसाइकल रेस ,महिला रस्सा कस्सा,लोकगित प्रतियोगिता ,घैटोफोर ,भालेपकड ,पनचेबाजा प्रदसन सहित बराठी नचाउने कार्यक्रम र सामुहिक नृत्य प्रतियोगिता पनि विभिन्न राशिमा हुने भएको छ ।

कार्यक्रम लाई गौमुखी गाउँ पालिकाको पनि सहकार्य भएकोले नियम अनुसार भलिबल खेलमा पुरस्कारको कर कट्टी गरिने चन्दले भएको छ ।कार्यक्रमलाई सभ्य र भब्य तरिकाले सम्पन्न गर्नको लागि राष्ट्रिय स्तरको ख्याती प्राप्त कलाकारको बेजोड प्रस्तुती रहने भएको छ । साथै सम्पुर्ण खेलको टिम दर्ता २१गते सम्म गर्नु पर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal