शनिबार, साउन १२, २०८१

मुल प्रबाह  एकता समाजले  चौवन्न  लाख उन्तालिस हजार पाँच सय बार रुपैयाँ भारु दिलायो 

 

रिपोर्टर :- जनक बिसि दक्षिण भारत काेचिनबाट।

देशमा बिकासकाे कुरा दिन चाैगुनारात चाैपट भईरहेकाे कारण राेजगारिकाे सिलसिलामा एक पेट र एकआँङकाे समस्याहरुले अर्काकाे देशमा भाैतारिन बाद्य हुनु नेपाली नागरिकहरुकाे लागि याे एक प्रकारकाे कर्मकाे फल हाे । जब नागरिकहरुले सिमाना पार गर्दछन सरकार र राज्यसँग नागरिकहरुकाे लेखापरीक्षण गरि त्यसकाे कुनै रेकर्डिङ गरिएको छैन , न त सरकारले त्यस प्रकारकाे मापदण्ड अनुसारको नीति नै बनाएको छ यस्ता हरेक प्रकारका जनबिराेधि निति सरकारकाे भएको हुनाले संसारकाे कुनै पनि देशमा बस्ने नागरिक संगठित हुनुकाे विकल्प छैन , यता भने सरकारकाे राजदुतावास दिल्लीमा बेखवर छ सडकमा नागरिकहरुकाे बिचल्ली छ राजदुतावासले विज्ञप्ति निकाल्छ हाम्रो नेपाली नागरिकहरुकाे केही समस्या छैन कति झुट बाेलेकाे छ राजदुतावास ???
यी सम्पुर्ण नागरिकहरुकाे कुनै पनि भइ परिरहेका समस्याकाे एकमात्र अविभावक भारत वर्षमा तिनै दु:खमा डुबेका श्रमजीवीहरुकाे वास्तविक अविभावक भनेकाे नै मुल प्रबाह अखिल भारत नेपाली एकता समाज हाे भन्ने कुरामा कसैकाे दुईमत छैन जुन कुरा देशको सरकार र राजदुतावासले निभाउने भुमिका मुल प्रबाह अभानेएसले जनहितकाे लागि डटेर प्रबाह गर्दै आएको छ । शहर कुना कन्दराहरुमा हुने घटना दुर्घटना र जटिल जटिल जनताको समस्याहरुलाई सम्बोधन गर्दै आईरहेकाे कुरा घाम छै छर्लङ्ग छ। तिनै दु:खि नागरिकहरुकाे लागि रहेको घाँउहरुमा एक प्रकारकाे उपचार र मलमपटटि लगाउने काम भइरहेको छन ।

यसै सिलसिलामा राेजगारिकाे क्रममा २०१६ साल नभम्वर १७ गते प्युठान राेल्पाका ४ जना नेपाली युवाहरुकाे पुलमा ठक्कर खाँन पुग्दा कुदिरहेकाे सवारी गाडी समुन्द्रमा खस्न पुग्दा यी ४ नेपाली युवाहरुकाे मृत्यु हुन गएको थियो । घटना पछि मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिका साथिहरुकाे राेहवरमा खाेजविन गरि उनिहरुकाे अन्तिम दाहसंस्कार सम्पन्न गरिएको थियो । तथापि मुद्दालाई न्यायलयकाे ढाेकामा पुराएर न्यायकाे लडाइँ निरन्तर अगाडि बढेकाे थियो हाल त्यो लडाइँ मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिले बिजयकाे सिखरमा पुर्‍याउएकाे छ । न्यायकाे पक्षमा घनिभुत लडिरहेका न्याय विभागका सयाेजक तथा नगर उपाध्यक्ष बावुराम केसी इतिहासमा धन्यावादकाे पात्र बन्नु भएको छ कालान्तरमा हाम्रो सङठनले याे लडाइँ निरन्तर अगाडि बढाइ रहने छ । यसै सिलसिलामा ४ जना मृत्यु भएका पिडित परिवारहरु मद्दय दुई परिवारलाई कार्तिक ५ , २०८७ तदनुरुप २२ अक्टाेवर २०२१ का दिन मुल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति रक्तिम विभाग सदस्य तथा नगर सचिव जनक बि सि , दक्षिण भारत महिला विभाग कि क्षेत्रिय सदस्य जानकिदेकि बि सि र नगर उपाध्यक्ष बावुराम केसी काे सयुक्त उपस्तिथिमा सुनिल स्मृती गाउँ पालिका घाेडागाँउ (राेल्पा ) मृतकका बुवा चाेप बहादुर खत्री आमा गङगा कुमारी खत्री र श्रीमती मधु खत्री (बिस्ट) लाई २७,४४२०० अक्षरमा सत्ताईश लाख चाैवालिस हजार दुई सय र स्वर्गद्वारि नगरपालिका खाँल निवासी चाँदनि घर्ती मगरलाई २६,९५३१२ अक्षरमा छब्बीस लाख पन्चानब्वे हजार तीन सय बार जम्मा ५४,३९५१२ अक्षरमा चाैवन्न लाख उन्तालिस हजार पाँच सय बार रुपैयाँ भारु हस्तान्तरण गर्ने काम सु सम्पन्न भएको छ । स्मरण रहाेस देशबाट आएका यी दुवै परिवारका ६ जनालाई मुल प्रबाहकाे उदेश्य र निति बारे गहन छलफल गरि नगर उपाध्यक्ष बावुराम केसीले सदस्यता बितरण गर्नु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal