शनिबार, साउन १२, २०८१

फेसबुक लाइभमा न्याए माग्नि महिलालाइ मुल प्रबाहले न्याए दियो

फेसबुक लाइभ मार्फत आफू अन्यायमा परेको भन्दै हारगुहार गरेकी दैलेखकी रेखा सुनारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले न्याय दिलाएको छ ।

रेखका अनुसार चन्द्र बिलास बङ्लो सोसाइटी राजपिप्ला नर्मदा गुजरातमा होटेल पेशा गर्दै आएका नेपाल घर दुल्लु नगरपालीका दैलेख रेखा सुनारले ८ अगस्त २०२१ मा दोस्रो कोरोना लहरमा मेरो श्रीमान रामु सुनारलाई गुमाएकी थिइन् । रामुको सुर्खेतमा लामो इलाज गर्दा पनि ठिक हुन नसकी देहान्त भएको थियो ।

क्रियाक्रम पछि दैलेखदेखि आफूले दुई छोरा १२ वर्ष र ५ वर्ष आएता पनि उनलाई नन्द भाइ र भतिजाले गुजरात नर्मदा आउन रोक्न धेरै जालझेल गर्ने र गर गहना लुटपाट गरेको आविति रेखाले बताइन् । “जसरीतसरी गुजरातबाट आफ्नो सखालाई बोलाएर गुजरात नर्मदाको घर र होटेल आइपुग्न सके आइपुगिसके पछि मेरो श्रीमानको देहान्त हुँदा सखै भान्जा लाग्ने मोहन सुनार प्रेम सुनार गरि ५ जनालाई होटेल जिम्मा दिएर गएको थिए ।” रेखाले भनिन्– “म आए पछि होटेलको बारेमा बुझ्दा होटेलको लागि ल्याएको समानको पैसा तिर्न बा“की रहेको मैले भन्जा मोहन यसो किन गरेको मेरो बच्चा पाल्नु छ, घर, गाडीको बैंक कर्जा तिर्नु छ, अरुको पनि पैसा तिर्नु पर्ने धेरै छ भनेर सम्झाउदा झगडा गरि होटेलको नजिकमा अर्को आफ्नो लारी खोली मेरा पूरा काम गर्ने मान्छे लिएर गएर मेरा दुई छोरालाई पनि धम्की दिने मलाई पनि नर्मदा राजपिप्ला स्थानियहरुसँग मिलेर मलाई यहाँ बस्न र होटेल चलाउन नदिने भने अन्यक धम्की दिए पछि अब म र मेरा दुई छोरा बाच्न नसकिने भनेर फेसबुकमा लाइभ आएर न्याय मागेकी हुँ ।”

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव बेद बहादुर कार्की र अख्लेश्वार मूल प्रवाह नगर अध्यक्ष सुरज कडायात २० अगस्त बिहाना नर्मदा राजपिप्ला पुगि पीडित रेखा सुनारको सबै कुरा सुनी राजपिप्ला पोलीस थानामा उजुर गरि मोहन सुनारलाई पोलीसथाना झिकाइ व्यापक छलफल गरि आजदेखि आइन्दा यस्तो कुनै हर्कत हुन्न भन्ने कुरा २१ अगस्त २०२१ दुबै पक्षको बिच सामाधान वा मिलापत्र भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?