शनिबार, साउन १२, २०८१

नेकपा एकीकृत समाजबादी गुल्मिको राजनीतिक प्रशिक्षण सम्पन्न

शंकर प्रसाद पोख्रेल

गुल्मी तम्घास
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण देश विकासको पक्षमा लाग्नुपर्ने वताएका छन ।
सोमवार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी गुल्मीले आयोजना गरेको वैचारिक,राजनीतिक तथा संगठनात्मक प्रशिक्षण कार्यक्रममा वोल्दै नेता चौधरीले समाजबादी क्रान्तिलाई अगाडी बढाएर समाज रुपान्तरणमा अघि बढ्नु पर्ने वताए ।
उनले पुँजीवादलाई निर्मम पारेर समाजबादको रुपान्तरणमा लाग्नुपर्ने भन्दै दलाल पूँजीवादको शोषणमा पर्ने दिन समाप्त भएको समेत वताए ।
अब वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने वेला आएको भन्दै चौधरीले भने दलाल पुँजीबादलाई हटाएर समाजबाद रुपान्तरणको पक्षमा लाग्नु पर्छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका उनले केपी वली पार्टी समाप्त हुदै गएको दावी गरे ।

अहिले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको भन्दै वली पार्टीको चितवनमा जारी नाम पढेर केन्द्रीय कमिटी घोषणा गर्ने कार्यक्रममा सहभागी प्रतिनिधिहरुसगँ आफ्नो कुरा भइरहेको समेत वताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal