बिहिबार, बैशाख १३, २०८१

कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, एक भारतीयको मृत्यु

कञ्चनपुर, २० फागुन । कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान हुदा एकको मृत्यु भएको छ । विहीबार (आज) साँझ लागूऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच टेडुवा सीमा क्षेत्रमा गोली हानाहान हुदा एक भारतीयको मृत्यु भएको हो ।

बेलौरी नगरपालिका–७ टेडुवा सीमामा साँझको समयमा इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले पहिले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कारबाही स्वरुप गोली चलाउदा भएका एक भारतीयको मृत्यु भएको हो ।

भारतीय तस्करबाट नेपालमा लागूऔषध ल्याउन लागेको विशेष सूचनाको आधारमा त्यसतर्फ नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमा प्रसाद चतुरबेदीले भने, ‘हाम्रो टोली सीमा क्षेत्रमा पुग्दा भारतीय तस्करले गोली चलाएको हुनाले जवाफी कारबाहीमा गोली चलाउदा एक भारतीय तस्करको मृत्यु भएको छ ।’

दोहोरो गोली हानाहानमा नेपाल प्रहरीतर्फ समेत एक जना घाइते भएका छन् । प्रहरीले घटना स्थलबाट लागूऔषध र नक्कली नोट बनाउने मेसिन समेत बरामद गरेको छ ।

गोली लागेर घाइते भएका भारतीय तस्करको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको पिलिभित चार बुहानका २५ वर्षीय गोबिन्द सिंह रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?