शुक्रबार, चैत्र १६, २०८०

गाउँपालिका उपाध्यक्षले, झापट हानेर अध्यक्षको दुईवटा दांत झारिदिन

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ ।

यस क्रममा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताए ।

विज्ञापन किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो ।

कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए ।

गहुँ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले बताइन् ।

गाली गलौज गर्दै हात समाई साडी खोलिदिने भन्दै अभद्र व्यवहार गरेपछि प्रतिकार गरेकी हुँ, उपाध्यक्षय मण्डलले भनिन्, आफ्नो इज्जत जोगाउन प्रतिकार गरेकी हुँ । त्यस क्रममा कता लाग्यो के भयो थाहा भएन ।

उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन् । यस घटनाबारे अध्यक्ष मण्डलसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

छिन्नमस्ता गाउँपालिकामा पछिल्लो २ आर्थिक वर्षदेखि गाउँसभा हुन नसक्दा विकास निर्माणका काम पनि ठप्प छन् । कर्मचारीले समेत महिनौंदेखि तलब खान पाएका थिएनन् । एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको थियो ।

तर अध्यक्ष र उपाध्यक्षबीच बजेट वितरणलाई लिएर सार्वजनिक रुपमै विवाद हुँदैआएको छ। उक्त गाउँपालिकामा अध्यक्ष मण्डलले तत्कालीन नयाँ शक्तिबाट चुनाव जितेका थिए भने उपाध्यक्ष मण्डलले तत्काली राष्टंरिय जनता पार्टीबाट जितेकी थिइन् ।

तर उनीहरू दुवै हाल दुई अलग पार्टीमा पुगेका छन् । अहिले अध्यक्ष जसपामा छन् भने उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टीमा छिन् । अध्यक्ष मण्डल भने यसअघि पनि गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने क्रममा पनि विवादमा तानिएका थिए ।खबर प्रबहा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal