शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चा बिशेष संगठनात्मक अभियान जैदी र नारायणस्थानमा सम्पन्न

तिलक थापा

जैमिनी नगरपालिका वडा न.-७ जैदीमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २४ गते सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले राष्ट्रियता, जनतन्त्र र जनजिविकाका आन्दोलनमा सदैव सम्झौताहिन संघर्ष गर्दै अगाडि बढेको राष्ट्रिय जनमाेर्चाका कार्यकर्ताहरु मुलुकमा देखा परेकाे राजनैतिक संकट, बढ्दाे भ्रष्टाचार, मंहङ्गी लगायतका जनजिबिका र राष्ट्रियताका आन्दोलनमा अग्रणी भुमिका खेल्न अनुरोध गर्नु भयाे । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य डिलबहादुर दर्जी, अखिल नेपाल जनजाती सम्मेलनका पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल युवक संघका नगर अध्यक्ष यम पुन लगाएत बोल्नु भएको थियो । कार्यक्रममा रा.ज.माे. केन्द्रीय सदस्य लिलादेवि शर्मा, रा.ज.माे. जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिल बहादुर श्रीस, अखिल नेपाल युवक संघ गण्डकी प्रदेश सचीव संजाल शर्मा, अखिल नेपाल जनजाती सम्मेलन जिल्ला सदस्य होम पुन , अखिल राजमो जैमिनी नगर कोषाध्यक्ष शान्तकला शर्मा, नगर सदस्य चुडामणि शर्मा लगाएको आतिथ्यता रहेको थियो।
कार्यक्रम जैमिनी-७ का राजमो अध्यक्ष शिव पौडेल अध्यक्षतामा, युवक संघका सुरेश रानाकाे स्वागत र मान बहादुर रानाकाे सञ्चालनमा सम्पन्न भएकाे थियो।

यसैगरी अाजै बा.न.पा. वडा नं. १४ नारायणस्थानमा वडा प्रशिक्षण भेला सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा, जिल्ला सचिव भिमलाल पाेखरेल, अखिल छैठौंका केन्द्रीय सदस्य दिपेन्द्र पाैडेल, अखिल नेपाल युवक संघ नारायणस्थानका अध्यक्ष प्रकाश पाैडेल, रा.ज.माे. नारायणस्थानका सल्लाहकार लक्ष्मी नारायण श्रेष्ठ, अखिल नेपाल महिला संघका कमला सुवेदी, अन्तराष्ट्रिय नेपाली एकता समाजका कृष्ण बहादुर खत्रीले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा जातीय समता समाज बागलुङका जिल्ला सदस्य भक्त बहादुर बि.क., राष्ट्रिय जनमाेर्चा नारायणस्थानका सल्लाहकार लाल बहादुर सुनार, रक्तिम साँस्कृतिक परिवारका प्रकाश खत्री, अखिल नेपाल भुपु सैनिक संघका नर बहादुर क्षेत्री लगायतका अातित्थ्यता रहेकाे थियोे । कार्यक्रम वडा समितिका अध्यक्ष राम बहादुर खडकाकाे अध्यक्षता, सचिव याेगेन्द्र पाैडेलकाे सञ्चालन र अखिल नेपाल किसान संघका जिल्ला सदस्य ढुण्डीराज शर्माकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal