शनिबार, साउन १२, २०८१

मन्त्रिपरिषद बैठकद्वारा विप्लवमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं, २० फागुन । मन्त्रिपरिषद बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्धको प्रतिबन्ध फुकुवा गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो ।

भोलि विप्लव सार्वजनिक हुनु अघि सरकारले प्रतिबन्ध फुकुवा गरेको हो । यसअघि आज भएको सम्झौता अनुसार विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने उल्लेख थियो ।

विप्लवसँग प्रधानमन्त्री केपी शर्मा ओली एउटै मञ्चमा उभिएर बोल्ने भएका छन् । यसको जानकारी गराइसकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal