शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चा बिशेष संगठनात्मक अभियान जैमिनिको सर्कुवामा सम्पन्न

तिलक थापा बाग्लुङ

जैमिनी नगरपालिका वडा न.-४ सर्कुवामा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २७ गते सर्कुवामा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले केपि ओलिले संसद विघटन गरेका कारण राजनीतिक अस्थिरता निम्त्याएको बताउँदै अहिलेसम्मका आन्दोलनका उपलब्धि गुम्न नदिन प्रतिगमनको विरुद्धमा गठबन्धन गरेको बताउदै ढुंगानाले जब देशलाई अफ्ट्यारो पर्छ त्यति खेर राष्ट्रिय जनमोर्चाले प्रशिक्षण अभियान लिएर जनताको घर दैलोमा पुगेको बताउनु भयो।

राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सदस्य कृष्ण थापाले प्रशिक्षण भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशको पछिल्लो राजनैतिक सत्ता समीकरणमा पार्टी संग मत भिन्न भएका कारण आफुलाई संसद बाट हटाईएको भए पनि अाफु राष्ट्रिय जनमोर्चामा नै प्रतिबद्ध रहेको बताउनु भयो।

त्यसैगरि अखिल नेपाल जनजाती सम्मेलनका पुर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुनले प्रशिक्षण मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डिलबहादुर दर्जी, नगर अध्यक्ष डिलबहादुर श्रीस, युवक संघका प्रदेश सचीव संजाल शर्मा, जातीय समता समाजका रामकुमार विक, राष्ट्रिय जनमोर्चा जैमिनी कि कोषाध्यक्ष शान्तकला शर्मा,अखिल नेपाल युवक संघका जिल्ला सदस्य खगेन्द्र थापा, राष्ट्रिय जनमोर्चाका नगर सल्लाहकार बालकृष्ण शर्मा, जैमिनी कार्यपालिका सदस्य हिरादेवी पौडेल लगाएका आतिथ्यता रहेको थियो।

नगर सदस्य चन्द्र बहादुर केसीको अध्यक्षतामा सुरु अगाडी बढेको कार्यक्रमको स्वागत नारायण पौडेलले गर्नु भएको थियो भने संचालन कृष्ण पौडेलले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal