शनिबार, साउन १२, २०८१

पुर्व गाबिस अध्यक्ष किरणसिंह जिसीले माओबादी छोडेर राष्ट्रिय जनमोर्चामा प्रवेश गरे

सुवाश जिसी, प्युठान ।
प्युठान जिल्लाको तत्कालिन तुषारा गाविसका पूर्वअध्यक्ष किरणसिंह जिसी १८ वर्षपछि राष्ट्रिय जनमोर्चामै फर्किनुभएको छ ।

बिहिबार राजमो झिमरुकद्वारा ओखरकोटमा आयोजित संक्षिप्त कार्यक्रमबीच उहाँले राजमोमा समाहित भएको घोषणा गर्नुभएको हो ।

करिव १८ वर्ष माओवादी आन्दोलनमा सहभागी हुनुभएका जिसी राष्ट्रिय जनमोर्चा नै देश र जनताप्रति जिम्मेवार पार्टी रहेको ठहर गर्दै पुनः मूलघरमै फर्किएको बताउनुभयो । उहाँलाई अखिल नेपाल किसान संघका केन्द्रीय सचिव वीरबहादुर जिसिले राष्ट्रिय जनमोर्चाको सदस्यता प्रदान गर्दै फूलमाला सहित स्वागत गर्नुभएको थियो ।

स्वागत कार्यक्रममा बोल्दै जिसीले निरन्तर देशको पक्षमा एजेण्डा बोक्ने र इमानदारीपूर्वक काम गर्ने गरेको हुनाले आफू पुनः राजमोमा सामेल हुने निर्णय गरेको बताउनुभयो । १८ वर्षसम्म माओवादी आन्दोलनमा लागेका जिसीले माओवादीमा मानिसहरु कमाउ धन्दाको लागि लाग्ने गरेको बताउनुभयो ।

किरण सिंह जिसि सुरुवातका दिनदेखि नै राष्ट्रिय जनमोर्चामा आवद्द हुनुहुन्थ्यो । २०४९ सालको स्थानीय निर्वाचनमा उहाँ राष्ट्रिय जनमोर्चाबाट तत्कालीन तुषारा गाविसको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । तर २०५४ सालपछि उहाँको राष्ट्रिय जनमोर्चासँग सम्बन्ध विच्छेद भएपछि उहाँ माओवादीमा सामेल हुनुभएको थियो ।

कार्यक्रममा अखिल (छैठौं) का निवर्तमान अध्यक्ष विमल पोखरेल, अखिल (छैठौं) का महासचिव सुवाश जिसि लगाएत नेताहरुको उपस्थित रहेको थियो । कार्यक्रमको अध्यक्षता राजमो झिमरुकका अध्यक्ष शिद्दिमान जिसिले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal