शनिबार, साउन १२, २०८१

प्युठानको बांदिकोटमा अखिल छैठौंको भेला सम्पन्न

प्युठान । अखिल (छैठौं) को ‘विद्यालयदेखि विश्व विद्यालयसम्म’ अभियान अन्तरगत शुक्रबार प्युठानको बाँदिकोटमा गाउँ स्तरको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै युनियनका महासचिव सुवाश जिसिले अखिल (छैठौं) नेपाली विद्यार्थी आन्दोलनको एउटा ऐतिहासिक र अग्रणी मोर्चा भएको बताउनुभयो ।

उहाँले भन्नू भयो ‘छैठौंको इतिहास आन्दोलन, परिवर्तन र क्रान्तिको उद्भव हो । यहाँ संघर्ष गर्नेहरुले देश र जनतको पक्षमा सम्झौताहिन संघर्ष गरिरहेका छन् , उनीहरुले नै जनताको विचारको खास प्रतिविम्वित गर्दछन्, भाग्ने भगौडाहरुले गद्दारी र पतनको इतिहास बनाएका छन् । तिनिहरुलाई जनताले कहिल्यै माफी दिनेछैनन् ।’

फरक प्रसंगमा उहाँले देशको अहिलेको प्रमुख समस्या एमसीसी र संघीयता भएको र त्यसको विरुद्धको आन्दोलनमा राष्ट्रिय जनमोर्चा मात्र भएको भन्दै जनताको जायज मागमा जनमोर्चा प्रतिवद्द भएको स्पष्ट पार्नुभयो । उहाँले विद्यार्थीलाई शैक्षिक मुद्दाको विषयमा पनि प्रशिक्षण दिनुभएको थियो ।

भेलाले सविता नेपालीको अध्यक्षतामा २१ सदस्यीय अखिल (छैठौं) बाँदिकोट गाउँ समितिको निर्माण गरेको छ । समितिको उपाध्यक्षमा गिता गिरी, सचिव कपिल खड्का, सहसचिवमा मदन थापा र कोषाध्यक्षमा सम्झना ज्ञावली चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रिभर्स सेन, करिस्मा केसी, सुपृया खड्का, विन्दु एमसी, दुर्गा जिसी, गंगा पोख्रेल, सुमन जिसी, राजन एमसी, प्रवेश पोख्रेल, सवित्रा नेपाली , सविता एमसी, सन्तोष केसी, जुना नेपाली , असिका जिसि, गोपाल नेपाली र आशिष पोख्रेल हुनुहुन्छ ।

भेलामा राष्ट्रिय जनमोर्चाका नेता सेरबहादुर खड्का र अखिल नेपाल शिक्षक संघका नेता महेन्द्रप्रसाद पोखरेलको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal