शनिबार, साउन १२, २०८१

उद्योग बाणिज्य संघ प्युठानको अध्यक्षमा :नकर्मीे

messenger sharing button
whatsapp sharing button
sharethis sharing button

अनुज पछाई , प्यूठान । प्यूठान उद्योग बाणिज्य संघको अध्यक्षमा पशुपति नारायण नकर्मी निर्वाचित भएका छन।
शनिबार सम्पन्न ११ औं अधिबेसनबाट नकर्मी ५०१ मतका साथ अध्यक्षमा बिजयी भएका हुन।
दुई संयूक्त प्यानलबिच भएको चुनाबमा संयुक्त लोकतान्त्रिक ब्यबसायि प्यानलका नकर्मीले प्रतिद्धन्दी संयूक्त एकता प्यानलका यज्ञ बहादुर खत्रीलाई पराजित गरे। खत्रीले ३८५ मत प्राप्त गरेका थिए । बरिष्ठ उपाध्यक्षमा पनि संयुक्त लोकतान्त्रिक ब्यबसायि प्यानलका प्रमोद पोख्रेल ४४१ मतका साथ बिजय भए भने उनका प्रतिद्धन्दी संयुक्त एकता प्यानलका कृष्णभक्त गीरीले ४११ मत प्राप्त गरेका थिए ।
बाणिज्य प्रथम उपाध्यक्षमा संयुक्त लोकतान्त्रिक ब्यबसायि प्यानलका रेशम केसी र द्धितिय उपाध्यक्षमा दधिराम भण्डारी निर्बिरोध निर्बाचित भए ।

त्यसै गरी महा सचिबमा संयुक्त लोकतान्त्रिक ब्यबसायि प्यानलका सन्देश आचार्य ले ४४५ मत ल्याई बिजय भने उनका प्रतिद्धन्दी पूर्णचन्द्र सुबेदीले ३८८ प्राप्त गरेका थिए । महासचिब पदमा संयुक्त एकता प्यानलका उमेदबार गोबिन्दराज पोख्रेलले ४२२ मतका साथ जित हात पारेका छन भने उनका प्रतिद्धन्दी सूर्यचन्द्र खनालले ४१६ मत प्राप्त गरेका छन । र कोषाध्यक्ष पदमा संयुक्त एकता प्यानलका उमेदबार झपेन्द्र शर्माले ४४५ मतको साथ बिजयी भएका छन भने उनका प्रतिद्धन्दी ऋषिराम अधिकारीले ३९० मत प्राप्त गरेका छन । प्यूठानका ९ वटै पालिकामा रहेका १६४५ मतदाता मध्ये निर्वाचनमा १०१६ मत खसेको थियो।

संयुक्त लोकतान्त्रिक ब्यबसायि प्यानलमा नेपाली काँग्रेस र एमाले गठबन्धन गरेका थिए भने माओबादी केन्द्र , राष्ट्रिय जनमोर्चा संयुक्त एकता प्यानल खडा गरेका थिए । निर्बाचित अध्यक्ष लामो समय सम्म उद्योग बाणिज्य संघमा रहेर काम गरेका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal