आइतवार, फाल्गुन ३, २०८२

राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगरपालिकाले एमसिसी विरुद्ध प्रदसन गर्यो

शिव पन्थी,प्युठान ।
राष्ट्रिय जनमोर्चा, स्वर्गद्वारी नगर समितिले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध विरोध सभा सम्पन्न गरेको छ ।

सो सभामा राजमोका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्काले एमसीसी नेपाल र नेपालीका लागि किन घातक छ भनी प्रस्ट पार्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसी, राजमो लुम्बिनी प्रदेश सहसचिव तथा प्यूठान जिल्ला
समन्वय समितिका अध्यक्ष केसव आचार्य, जिल्ला उपाध्यक्ष ईमान सिंह खड्का, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला अध्यक्ष, कमल पौडेल, अखिल नेपाल महिला संघकी खुमा अधिकारी, अखिल (छैठौ) का ध्रुव बस्याल, लक्षमन पुन, थम्मन बुढा मगरलगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

इन्द्र बहादुर खड्काको अध्यक्षता तथा राजमो जिल्ला सदस्य एवम् नगर उपाध्यक्ष गिर बहादुर गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गंगाराम बिसीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal