शनिबार, साउन १२, २०८१

व्यावसायिक संघमा दलको ठाडो हस्तक्षेप भयो : के सी

जुमान  सिंह केसी
प्युठान १२ पौष ,
प्युठान उधोग बाणिज्य संघ प्युठानको ११ औ अधिबेशनमा व्यावसायिक माथि राजनैतिक दलको ठाडो हस्तक्षेप भएको संयुक्त व्यावसायिक प्यनलका अध्यक्षका उमेदवार यज्ञ बहादुर के सी ले आरोप लगाउनु भएको छ।
सोमबार बिजुवारमा पत्रकार भेटघाट कार्यक्रममा उहाले भन्नू भयो नेकपा एमाले र नेपाली काङ्ग्रेसले साझा सहमतिलाई तोड्दै नैतिकता र इमानदारी तोडेर राजनैतिक स्वार्थ पूरा गर्न खोजेको बताउनु भयो।
प्युठान उधोग बाणिज्य संघलाई सबैको साझा र सहभागिता बनाई सर्बसहमत गराउन एक महिना अगाडि सबै बिचार धाराका व्यावसायिक बिच लिखित सहमति गरिएको थियो।
नौ वटै बजार ईलाकामा सर्वसहमतीय आधारमा निर्वाचन सम्पन्न भएको भन्दै उहाले अन्तिममा जिल्लाको मनोनयन दर्ताको दिन मात्र औपचारिक रुपमा छुट्टै उम्मेद्बारी खाडा गर्दा आफुहरु आश्चर्य भएको बताउनु भयो।
जिम्मेवार राजनैतिक दलका व्यावसायिक संघबाट गम्भीर गल्ती भएको भन्दै आगामी दिनमा यस प्रकारको फोहोरी खेल नखेल्न चेतावनी दिनु भएको छ।
उहाले एमाले र काङ्ग्रेसका जिम्मेवार नेताको कारण यो अवस्था आएको बताउनु भयो ।
आफुहरु सदैव व्यावसायि हरुको हक हितमा काम गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
पत्रकार भेटघाट कार्यक्रममा संघका निवर्तमान महासचिव तथा वरिष्ठ उपाध्यक्षका उमेदवार कृष्ण भक्त गिरिले आफुहरु सहमति अनुसार गएकोमा एका एक दुई ठुला पार्टीको मिलोमतोमा बेइमानी र जालझेल भएकोले आउँदा दिनमा सचेत हुनु पर्ने बताउनु भयो।
संयुक्त व्यावसायिक प्यनलबाट उप महासचिवमा गोबिन्द पोख्रेल, कोषध्यक्षमा झबिन्द्र शर्मा निर्वाचित हुनु भएको छ।
संयुक्त लोकतान्त्रिक व्यावसायिक प्यनलबाट अध्यक्षमा पशुपति नकर्मी, बरिस्ठ उपाध्यक्षमा प्रमोद पोख्रेल, महासचिवमा सन्देश आचर्य निर्वाचित हुनु भएको छ ।
प्रथम उपाध्यक्षमा रेशम के सी र द्वितीय उपाध्यक्ष दधिराम भण्डारी निर्विरोध निर्वाचित भएका हुन।
कार्यक्रममा सबै व्यावसायिकलाई मत प्रकट गरेकोमा धन्यवाद दिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal