शनिबार, साउन १२, २०८१

मन्त्री रामकुमारी झाक्रीलाई जन्मोथलोमा स्थानीयबासिहरुले गरे भव्य सम्मान

आईतवार उनको स्वागतमा मदाने गाउँपालिका ४ वडा कार्यालय लगायत यहाँ रहेका विभिन्न राजनीति दलका नेता,कार्यकर्ता,सामाजिक व्यक्ति,आमा समूह, क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि, र स्थानीयवासी लामवद्घ भई फूलमाला र खादा लगाई सम्मानपत्रले समेत सम्मान गरेका थिए ।
स्थानीय चेली मन्त्रीकाे सम्मानमा स्थानीय पञ्चेवाजाको टोली सहित निवासमै पुगेका थिए । मन्त्रीकाे स्वागत गर्न वालवालिका देखि वृद्धहरु, जेष्ठ नागरिक पनि वडा कार्यालयदेखि सडकका विभित्र भागमा लामवद्घ भएका थिए । उनीहरुले मन्त्री झाक्रीलाई नेपाल सरकारको मन्त्री जस्तो गरिमामय पदमा पुगेकोमा वधाई दिदै पदको गरिमालाई थप उचो वनाउन आर्शिवाद समेत दिएका थिए । त्यसैगरी  मन्त्री झाक्रीलाई मदाने गाउँकार्यपालिका गुल्मीले पनि आफ्नै कार्यालयमा सम्मान तथा स्वागत गरेकोे छ भने माध्यमिक शिक्षा अध्ययन गरेकाे पृथ्वी माध्यमिक विद्यालय पुर्काेट दहले पनि  सम्मान गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal