शनिबार, साउन १२, २०८१

जैमिनीको दमेकमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न

जैमिनीको दमेकमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न। साथै युवक संघको १३ सदस्यीय समिती गठन।

राष्ट्रिय जनमोर्चा वडा समितिका अध्यक्ष थम्मन श्रीसको अध्यक्षतामा यही पुस १९ गते जैमिनी वडा न.३ को दमेकको नेपानेमा प्रशिक्षण भेला सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य ठाकुर शर्माको विशेष उपस्थितमा अगाडी बढेको कार्यक्रममा प्रशिक्षक नर बहादुर पुनले माक्र्सवादी दृस्ठिकोण र संजाल शर्माले समसामयिक राजनैतिक विषयमा प्रशिक्षण दिनुभएको थियो। खिमबादुर परियारको संचालनमा सुरु भएको प्रशिक्षण भेलाको स्वागत दुर्गा पुनले गर्नु भएको थियो।
यसै अवसरमा अखिल नेपाल युवक संघका प्रदेश सचीव संजाल शर्माको विशेष उपस्थितिमा सम्पन प्रशिक्षण भेलाले दल बहादुर पुनको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल युवक संघ वडा समिति निर्वाचित गरेको छ। जसको उपाध्यक्ष देव बहादुर बहिक, सचीव धनराज परियार, सह-सचीव उमा विक, कोषाध्यक्ष होम बहादुर श्रीस, सदस्यहरु क्रमशः नेत्र थापा, खिम बहादुर घम, रन बहादुर घम, मोहन पुन, अमृत श्रीस, गङगा पुन, प्रकाश सापकोटा, सृजना पुन रहनु भएको छ।
युवक संघ जैमिनी-३ का वडा अध्यक्ष दुर्गा पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन धनराज परिवारले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal