शनिबार, साउन १२, २०८१

अखिल नेपाल महिला संघ तंग्रामकाे प्रशिक्षण भेला सम्पन्न

तिलक थापा बागलुङ
अखिल नेपाल महिला संघ काठेखाेला ४ तंग्राम बागलुङको वडा प्रशिक्षण भेला २०७८ पाैष १९ गते सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज पुन, अतिथिहरु अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष अाेम बहादुर पुन, अखिल नेपाल भुपु सैनिक संघ बागलुङका सचिव थिर बहादुर राना, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य कमला थापा, अखिल नेपाल महिला संघ काठेखाेलाका अध्यक्ष सीता किसान, राष्ट्रिय जनमाेर्चा तंग्रामका अध्यक्ष बिष्णु कडेल लगायतले प्रशिक्षण तथा शुभकामना मन्तव्य दिनु भएकाे थियाे । भेलाले हिरा बि.क.काे अध्यक्षतामा ३ सल्लाहकार सहित ३३ सदस्यीय अखिल नेपाल महिला संघ वडा समिति तंग्राम चयन गरेकाे छ । जसकाे उपाध्यक्ष चन्द्रकला पुन, सचिव काेपिला थापा ख, सहसचिव दिलमाया किसान, काेषाध्यक्ष जमुना थापा सचिवालय सदस्यमा ईरा बि.क., कमला पुन, मन कुमारी किसान, पम्फा पुन, मनरुपी थापा, सञ्जिला पुन सदस्यहरुमा चन्द्रा पुन, मनिमाया पुन, छममाया पुन, बेलमति पुन, सबिता थापा, जुना थापा, दिलमाया किसान ख, छमु बाेहरा, चन्द्रिका देबि पुन, खरी थापा, भद्री थापा, हिरा बि.क.५, पृथी थापा, काेपिला थापा क, यमकली थापा, उजेली थापा, कुमारी थापा, चन्द्रकला पुन, गिता थापा, भबिकला थापा, देबि किसान र पुर्णमाया पुन रहेनु भएकाे छ । सल्लाहकारमा बिष्णुकली थापा, सीता किसान र ससीमाया थापा रहनु भएकाे छ । कार्यक्रम वडा समितिका अध्यक्ष बिष्णु कलि थापाकाे अध्यक्षता, मिना पुनकाे सञ्चालन र हिरा बि.क.काे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal