शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमाेर्चाकाे प्रशिक्षण भेला दुदिलाभाटीमा सम्पन्न

तिलक थापा बागलुङ

राष्ट्रिय जनमाेर्चा गल्काेट नगरपालिका वडा नं.- १ दुदिलाभाटी, बागलुङको प्रशिक्षण भेला २०७८ पाैष २३ गते सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका गण्डकी प्रदेश सचिव वेदिलाल सापकाेटा, अतिथिहरु अखिल नेपाल युवक संघका का.वा. महासचिव भिमसेन वन, अखिल नेपाल किसान संघ बागलुङका अध्यक्ष नेत्र बहादुर बुढाथाेकी, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य बाेम बहादुर थापा, सल्लाहकार टंक बहादुर के.सी., गलकाेट नगर सचिव लाल बहादुर राना लगायतले प्रशिक्षण तथा शुभकामना मन्तव्य दिनु भएकाे थियाे । कार्यक्रम तिल बहादुर गुरूङकाे अध्यक्षता, पुर्ण बहादुर खत्रीकाे सञ्चालन र मीन बहादुर कुवँरकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal