आइतवार, जेष्ठ १७, २०८३

जातिय समतासमाजको भेला उद्घाटन ,चामल खाने बित्तिकै जुका पर्दैनन्” -चित्रबहादुर केसी

बुटवल रुपन्देही

जातिय समता समाजको भेला उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले आन्दाेलन,पार्टी वा संगठनमा केहि समय काम गरेपछि मुक्ति पाई हालिन्छ भन्ने निम्नपूंजीवादी चरित्र समाजमा व्यापक रहेको भन्दै समाजमा आमुल परिवर्तन गर्ने संघर्षमा निरन्तर लागिरहने प्रश्न सबैको बूंताकाे नभएको बताउदै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष क०चित्रबहादुर केसीले जातीय मुक्तिकाे सवालमा पनि संगठन निर्माण र निरन्तर संघर्ष पछि मात्र परिणामकाे आशा गर्नु पर्दछ”चामल खाने बित्तिकै जुका पर्दैनन्”भन्दै जात जातीहरूकाे वास्तविक मुक्ति पनि वर्गीय मुक्ति पछि नै हुने भएकोले अनुशासनमा रहेर सकृयता पूर्वक संगठन कार्यलाई अगाडि बढाउनु पर्ने बताउनुभयो।

जातीय समता समाजकाे लुम्बिनी प्रदेश स्तरिय भेलाकाे बुटवलमा उद्घाटन गर्दै नेता केसीले नयाँ जनवादी क्रान्ति भैसक्याे अब समाजवाद निर्माणमा अघि बढेको भन्ने आफुलाई कम्युनिस्ट भन्नेहरूकाे तर्क नेपालकाे वस्तुस्थिति शीत मेल नखाएकाे भन्दै शिक्षा,स्वास्थ्य,राेजगारी आदी जस्ता आधारभूत सेवाहरू नि:शुल्क राज्यकाे दायित्व भित्र नयाँ जनवादी व्यवस्थामा हुने गर्दछ। अहिले त्यसकाे ठिक उल्टाे जनताले निशुल्क राज्यबाट पाउनु पर्ने आधारभूत सेवाहरू उनैका पार्टीका दलाल र माफियाहरूकाे कब्जामा आम जनताको पहुँच भन्दा बाहिर छ,यहीँ हाे पूंजीवादी क्रान्ति पूरा भएको? प्रश्न उठाउनुभयाे। नयाँ जनवादी क्रान्ति साम्राज्यवाद र सामन्तवाद विराेधी क्रान्ति हाे, विभिन्न माध्यम बाट विदेशी शक्तिले लामो समय देखि देशमा प्रभुत्व कायम जमाइरहेको र अहिले एमसिसीकाे माध्यमबाट प्रत्यक्ष उपस्थिति जमाउन खाेजिरहेकाेछ।सामन्तवाद पनि देशमा बलवान रहेको तथ्य प्रस्तुत गर्दै नेता केसीले राजाकाे शक्तिशून्य छ भन्नेहरूले राजावादी राप्रपाका पूर्व अध्यक्षले आफुलाइ निर्मल निवासकाे निर्देशनमा हराएको भन्ने रूवाबासी बाट शिक्षा लिनुपर्ने बताउनुभयो । साम्राज्यवाद र सामन्तवाद देशमा कमजाेर हाेईन झन् खतरनाक भूमिकामा प्रस्तुत भैरहेको अवस्थामा नयाँ जनवादी क्रान्तिकाे कार्यभार पूरा भयो भन्ने तर्क हास्यास्पद र कम्युनिस्ट आन्दाेलन प्रति वेईमानी भएको नेता केसीले प्रष्ट पार्नुभयाे।
विश्व उदारीकरणकाे वकालत गरेर नथाक्ने नेकाले पनि देशकाे अर्थ व्यवस्था धारासायी भएकोले कसरी देशलाई याे खाडलबाट निकाल्ने त्यस सम्बन्धि सम्मेलनमा चर्चा सम्म नभएको बताउनुभयो ।।
देशका ठूला पार्टी भन्नेहरूकाे गतिबिधिले नेपालकाे अस्तित्व समेत धरापमा पर्न सक्ने आैल्याउदै अध्यक्ष केसीले व्यवस्था वदलिए पनि नेताहरूकाे प्रवृत्ति नबदलिएकाे बताउनुभयो ।
नेपाली सपुतहरूकाे वलिदान र जनताको लामो संघर्षबाट प्राप्त भएको गणतन्त्रले जनतालाई के दियाे?हामीले संघर्ष गरेर समाप्त गर्नुपर्ने गणतन्त्र राजा र ओलीले सिध्याएकाेमा खुशी व्यक्त गर्ने “क्रान्तिकारी”हरू र स्वयं हाम्रो स्कुलिङमा लामो समय कामगरेकाहरू पनि हिजो चर्काे रूपमा उनीहरूको भण्डाफाेर गर्थें आज त्यही जान आतुरछन्।यहाँ उनीहरूको व्यक्तिगत स्वार्थ र महत्वकांक्षा पूरा नहुने देखे पछि दाम्लाे छिडाल्न खाेजेकाे प्रस्टछ भन्नुभयो।
पार्टीले विभिन्न कालखण्डमा नेका लगायतका पार्टीहरूसित पटकपटक कार्यगत एकता गरेको र सबैलाई नजिकबाट बेहाेरेकाे बताउदै नेता केसीले अहिले काे गठबन्धन हाम्रा कारणले हाेइन परिस्थितिका कारणले बनेको स्पष्ट पार्नुभयाे। नेकपा (मसाल) सानाे भएपनि साम्राज्यवाद,सामन्तवाद र दक्षिणपन्थी अवसरवादी सबैको आँखाकाे कसिंगर र नेपालकाे राजनीतिमा ओज र बेग्लै पहिचान भएको पार्टी भएकोमा आफुलाई गर्व भएको बताउनुभयो ।

हामी त डाँडाका घाम जस्तै हाै,अब याे जिम्मेवारी तपाईंहरू युवा पुस्ताले अगाडि बढाउनु पर्दछ भन्दै नेता केसीले दलितमाथि उच्च जातीबाट शाेषण भएकै छ,सामन्तवाद,साम्राज्यवाद बाट पनि झन् ठूलो शाेषण भएको बताउदै पार्टी क्रान्ति र परिवर्तनको लागि अनुशासनमा रहेर क्रियाशील हुन आव्हान गर्नुभयो ।

ज्ञात अज्ञात शहिदहरू प्रति एकमिनट माैनधारण पछि स्वागत समितिका सदस्य दिल प्रसाद विकले गर्नुभएको थियो ।
अखिल (छैटौं)का केन्द्रीय सदस्य सागर वेलबासे,अखिल नेपाल राष्ट्रिय उध्धाेग ब्यापर संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज शर्मा,लुम्बिनी प्रदेश सभा सदस्य मा०तारा जिसी र जातीय समता समाजका केन्द्रीय अध्यक्ष तुल प्रसाद विश्वकर्मा (राजेश)ले पनि भेला सफलताको
शुभकामना दिनुभएको थियो
कार्यक्रममा राजमाेका पूर्व केन्द्रीय सल्लाहकार शुरेश थापा,अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल,राजमाे केन्द्रीय सल्लाहकार बद्रे आलम,कम्युनिस्ट संग्रहालय नेपाल का अध्यक्ष चेतनाथ आचार्य,जातीय समता समाजका केन्द्रीय महासचिव भक्त विक,केन्द्रीय सल्लाहकार दिल बहादुर विक,केन्द्रीय काेषाध्यक्ष रेकम सुनार,अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रूक बहादुर पराजुली,अखिल नेपाल ट्रेड युनियन महासंघ(अन्टुक)का केन्द्रीय सदस्य कविराज गिरी,मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिम बहादुर विक,अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय सदस्य नारायण पुन तथा समताका केन्द्रीय सदस्यहरू रूमा विक,मान बहादुर विक,कृष्ण बराईली,राजु सुनार र सल्लाहकार सूर्यबहादुर नेपालीकाे पनि आतिथ्यता रहेको थियो ।
भेलाकाे अध्यक्षता प्रदेश समितिका उपाध्यक्ष बावुराम पंथी सुनार र संचालन सचिव अईन्द्र विकले गर्नुभएको थियोे ।
भेलाले अईन्द्र विक (प्यूठान)को अध्यक्षतामा १५ पूर्ण ५ बैकल्पिक र ५ सल्लाहकार गरि २५ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ। जस्मा उपाध्यक्ष मान बहादुर विक(बाँके)सचिव राजु सुनार(अर्घाखाँची)सहसचिव प्रतिभा सुनार(राेल्पा)काेषादक्ष्य खुमबहादुर विक(कपिलवस्तु) सदस्यहरू: रूमा विक(प्यूठान)चन्द्रबहादुर नेपाली(दांङ)कृष्ण बराईली(रूपन्देही)दिल प्रसाद नेपाली(रूपन्देही)नरेन्द्र विक(नवलपरासी)कृष्ण सुनार(अर्घाखाँची)भागीराम विक(राेल्पा)विनाेद विक(प्यूठान)शमशेर परियार(प्यूठान) र शान्ति सुनार(दांङ) बैकल्पिक सदस्यहरूमा मान बहादुर नेपाली(कपकपिलवस्तु)विष्णु सुनार(रूपन्देही)फुलमाया विक(पाल्पा)कृष्ण विक(गुल्मी)दाने सुनार(बर्दिया)सल्लाहकारमा दिल बहादुर विक(कपिलवस्तु)बाबुराम पन्थी(अर्घाखाँची)सूर्य नेपाली(प्यूठान)जीत बहादुर विक(रूपन्देही) र गाेबिन्द विक रूपन्देही रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal