शनिबार, साउन १२, २०८१

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्बिरोध निर्वाचित

गुल्मी तम्घास , नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपाली निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला सदरमुकाम तम्घासमा जारी ११ औं जिल्ला अबिधेशनबाट अध्यक्षमा काउछा र सचिवमा श्रीपालीको मात्रै उम्मेदवारी परेकाले र्निविरोध भएका हुन् । शुक्रबार सुरु भएको जिल्ला अधिबेशनमा अध्यक्ष र सचिव पदमा बाहेक अरु पदमा धेरै प्रतिस्पर्धीहरुले उम्मेदवारी दिएका छन् ।

अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ सदस्यीय जिल्ला समिति चयन हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । जिल्ला समितिमा ३३ प्रतिशत महिला हुने ब्यबस्था गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal