बुधबार, फाल्गुन २७, २०८२ | Wednesday 11th March 2026
मूल प्रवाहको आठौं सम्मेलनको तयारी : सिरसामा प्रचारात्मक भेला
झिमरुक पोस्ट
सोमवार, पुस २६, २०७८
खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज को आगामी २७–२८ फरवरी एवम् १ मार्च २०२२ मा हुने अखिल भारत सम्मेलनका लागि विभिन्न नगरमा प्रचारात्मक भेला तीब्र गतिमा भइरहेका छन् ।
सोही क्रममा सुदूरपश्चिमोत्तर क्षेत्रको सिरसामा पनि प्रचारात्मक भेला सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सचिव त्रिभुवन भट्टराईले कोरोना महामारीको बढ्दो प्रकोप तथा मुठ्ठीभर अवसरवादी हरुका विभिन्न जालझेललाई चिर्दै मूल प्रवाहले भारतव्यापी संगठन निर्माण र प्रचारात्मक अभियान सञ्चालन गरिरहेको बताउनुभयो । अहिलेको आठौं अखिल भारत सम्मेलनको तयारीले सबै कार्यकर्ताहरुमा उर्जा थपिरहेको उहाँले उल्लेख गर्नुभयो ।
सभालाई सम्बोधन गर्ने अन्य वक्ताहरुमा शिव प्रसाद पोख्रेल, रवि सोनी, शंकरलाल गौतम, महिला विभागकी कमला सोनी, गिता विक लगाएत हुनुहुन्थ्यो। भेलाले विजय कुमारको संयोजकत्वमा ३५ सदस्सीय आठौं अखिल भारत सम्मेलन सहयोग उपसमिति गठन गरेको छ।
कार्यक्रम कृष्ण बरालको सञ्चालनमा तथा विजय कुमारको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत शुरेश कुमारले गर्नुभएको थियो।