शनिबार, साउन १२, २०८१

प्युठानको झिमरुक–१ मा राष्ट्रिय जनमोर्चाको सम्पन्न भेलाले, संगठन बिस्तार र संघर्षका कार्यक्रम बनायो

राष्ट्रिय जनमोर्चाले प्युठानको झिमरुक–१ मा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय प्रतिनिधि वासुदेव पोखरेल प्रमुख प्रशिक्षक रहनुभएको सो कार्यक्रम २०७८ पुस २४ गते सम्पन्न भएको हो ।

प्रमुख प्रशिक्षक पोख्रेलले देशको समसामयिक राजनीतिक परिस्थिति तथा राजमोले खेल्नुपर्ने भूमिका र सङ्गठनात्मक कार्यक्रमबारे चर्चा गर्नुभएको थियो ।

सो अवसरमा राजमो प्युठानका जिल्ला सल्लाहकार वीरबहादुर जिसीले पनि अनुशासन र कार्यकर्ताहरूले खेल्नुपर्ने भूमिका र कर्तव्यबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य चोपलाल विकको पनि आतिथ्य रहेको थियो ।
राजमो वडा समितिका अध्यक्ष दीपककुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन विजयविक्रम जिसीले गर्नुभएको थियो । योगराज पोख्रेलले कार्यक्रममा सहभागीलाई स्वागत गर्नुभएको थियो ।

प्रशिक्षण भेलाले सङ्घर्ष र सङ्गठनसम्बन्धी विभिन्न कार्यक्रम तय गरेको जानकारी दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal