शनिबार, साउन १२, २०८१

मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

कैलालीको गेटामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ । महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रम कालागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो ।

मन्त्री आले चढेको सु.प.प्र ०१-००१ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले पुष्टि गरेका छन् । धनगढी विमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडिले ठक्कर दिएको हो ।

गाडी चालक प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal