शनिबार, साउन १२, २०८१

एमाले दैलेखको अधिवेशनमा भाँडभैलो३१ मत बढि भेटियो:झिमरुक पोस्ट अन्लाईन

 

नेकपा एमाले दैलेखको अधिवेशनमा भाँडभैलो भएको छ । सोमबार भएको निर्वाचनमा खसेको भन्दा ३१ मत बढी भेटिएपछि तनावको स्वस्था बनेको छ ।

खसेको भन्दा ३१ मत बढी भेटिएपछि निर्वाचनका सबै कार्यक्रम रद्द गरिएको छ। अब केन्द्रीय निर्वाचन आयोगको छानबिन गरेपछि मात्र थप प्रक्रिया अघि बढाउने बताइएको छ ।

एमाले दैलेखमा जम्मा मतदाताको सङ्ख्या ७२१ रहेको थियो । जसमा ७१८ मत खसेको थियो । तर मत पेटिका खोल्दा ७४८ मत भेटिएको छ ।

दैलेख एमालेका नेताहरू अहिले छलफल गरिरहेका छन् । छलफलपछि मात्रै अर्को निष्कर्ष निकालिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal